
Mbdvs
Pbu
Rbs
Gisld
mbd
Sds

Rgu
Ksm
Rgu
Ssm
Gst
Bbu
Vor
nsb
Tsm
Wsp
Rgs
Pvg
Sls
Hal
Sbs
Bbbpu
Asm
Ggd
Rsb

sab
Ptm
Jmb
bbt
Mks
Rpp
Pls
Jmb
Gsb
Abd
Bml
Rmb
Syp
प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ३ आरुपाटामा मंगलबार बेलुका लु ३ त १०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका वडा नम्बर २ कमिरेपानीका २९ वर्षीय झबिन्द्र सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनु भयो ।
त्यस्तै थप उपचारका लागि बुटवल लैजान सिफारिस गरेपछि बुटवल तर्फ लैजाँदै गर्दा बाटैमा नै उहाँको मृत्यु भएको गैरेले जानकारी दिनु भयो । दुर्घटनामा प्रेम सामत गंभीर घाईते हुनुभएको छ । उहाँको बुट्वलमा उपचार भईरहेको छ।
यसैगरी मच्छी बजारबाट निर्माण सामाग्री लगेर बाँदिकोट तर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटना ग्रस्त ट्याक्टर सडकबाट तीस मिटर तल खसेको छ। त्यस्तै प्रहरीले ट्याक्टर चालक फरार रहेको बताएको छ ।
