
Pbu
Sds
Gisld
Rbs
Mbdvs
mbd

Rgu
Hal
Sls
Rsb
Bbbpu
Rgs
Ssm
Ksm
Pvg
Gst
nsb
Tsm
Sbs
Vor
Ggd
Bbu
Rgu
Wsp
Asm

Rpp
Ptm
Abd
bbt
Bml
Syp
Rmb
Jmb
Jmb
Gsb
Mks
sab
Pls
दाङ । नेपाल तरुणदल क्षेत्र नम्बर २ सल्यानले मंगलबार अग्निपिडितलाई नगद तथा खाद्यान्न राहत स्वरुप प्रदान गरेको छ ।
क्षेत्रिय सभापती एकराज वलीको अगुवाईमा विभिन्न सँघसँस्था तथा ब्यक्तिहरु बाट राहत सँकलन गरि ४५ हजार बराबरको खाद्यान्न तथा नगद सहयोग गरेको हो । पिडितको घाउमा थोरै भएपनि मल्हम लगाउने प्रयास गरिएको सभापती एकराज वलीले बताउनु भयो । मँगलबार क्षेत्रिय प्रतिनिधि,काँग्रेस नेता तथा अगुवाहरु अग्निपिडितकै घरमा पुगेर राहत हस्तान्तरण गर्नु भएको छ ।
राहत उपलब्ध गराई सहयोग गर्नेहरुमा तरुणदल सल्यान क्षेत्र नम्बर २ का सभापती एकराज वली र उपसभापती सन्तोष बुढाथोकि बाट नगद १५ हजार, नेपाली काँग्रेस तराई मधेश समन्वय बिभागका केन्द्रिय सदस्य दुर्गा बहादुर गिरीबाट ५ हजार, नेपाली काँग्रेस कपुरकोट गाउँपालिका सभापती मीन बहादुर सेन,कालिका माबि कपुरकोटका प्रधाना ध्यापक चुडामणी केसी,जानकि आधारभुत बिद्यालय सिन्बाङका प्रधानाध्यापक गोबर्धन शर्मा, शिक्षक डिल्लि कुमार डाँगी, भुतपुर्ब नेपाली सेनाका सुबेदार अमरचन्द्र राणा,तरुणदल कपुरकोटका सहसचिब अमर ऐरी,नेबि सँघ कपुरकोटका सँयोजक जीवन भण्डारीले समान एक/एक हजार रुपैया सहयोग गर्नु भएको हो ।
त्यस्तै नेपाल शिक्षक महासँघ कर्णाली प्रदेशका उप महासचिब बामदेब अधिकारीबाट ३ हजार, तरुणदल कपुरकोटका अध्यक्ष कुबेर खत्रिबाट २ हजार, नेपाली काँग्रेस कपुरकोट गाउँपालिका प्रबक्ता यज्ञ बोहराबाट १ हजार १ सय,बिपि बिचार राष्ट्रिय समाज कपुरकोटका अध्यक्ष प्रेम कुमार आचार्य र आधारभुत बिद्यालय क्युरेनीका प्रधानाध्यापक डिल बहादुर थापाबाट समान १ हजार ५,नेपाली काँग्रेस कपुरकोटका सचिब खिमेन्द्र सेनबाट ५ सय,नेपाली काँग्रेस कपुरकोटका सदस्य शिशिर गिरीबाट १ हजार १ सय गरि ३६ हजार ६ सय १० रुपैया नगद हस्तान्तरण गरिएको छ ।
त्यस्तै बिपि बिचार राष्ट्रिय समाजका सहसचिब कृष्ण कुमार धिताल,काँग्रेसका क्रियासिल सदस्य ठाकुर प्रसाद भण्डारी र होटल शिरिषकी सञ्चालिका उमादेबी बुढाथोकिबाट समान १/१ बोरा चामल गरि ३ बोरा चामल बितरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला सदस्य अब्दुल रहमानबाट उपलब्ध ३ सेट कपडापनि पिडितलाई एकद्वार प्रणाली मार्फत बितरण गरिएको तरुणदल क्षेत्रिय उपसभापती सन्तोष बुढाथोकिले जानकारी दिनु भयो ।
त्यस्तै गत चैत्र ६ गते कपुरकोट गाउँपालिका वडा नम्बर २ दानबाङ निवासी शुक बहादुर बुढा, चित्र बहादुर घर्ती र केशर घर्तिको घर पुर्णरुपमा जलेर खरानी भएको थियो । आगलागीबाट ३ घरपरिवार बिस्थापित भएका छन् । अग्निपिडित लाई सहयोग गरीदिनु हुन नेपाल तरुणदलका क्षेत्रिय सभापती एकराज वलीले सबैमा अनुरोध गर्नु भएको छ ।
