
Rks
Nsb
Usb
Ksb
Fmb
Csb
Bsn
Tgp
Gsb
Ssb
Ksb
Rsb
Ppu
Ssb
Ksb
jsb

Hl1
Gsb
Ssb
Usb
Tsb

Nps
Rgu
ptl
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वार्ड नं १ जनकनगर बस्ने २३ वर्षीय तुलाराम थारुलाई बाघले आक्रमण गरि घाइते बनाएको छ । पटक पटक मान्छे मार्दा मान्छेलाई आक्रमण गर्दा समेत नियन्त्रण गर्न नसकेको बर्दिया राष्ट्रिय निकुञ्ज भने बेखबर भएको स्थानीय बासी राधा चोधरीले बताइन् ।
सोमबार बिहान करिब ५ः३० बजेको समयमा खेतमा पानी चार्न गएको बेला बाघले आक्रमण गरेको हो। घाइते थारुको टाउको, घाँटी र पिठ्युँमा चोट लागेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिनु भयो ।
त्यस्तै घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ भने यस क्षेत्रमा पाटेबाघले दिनहुँ जस्तो चौपाया बस्तुभाउ मार्ने गरेको छ । बर्दियामा पाटेबाघको आक्रमणमा परी १० जनाले ज्यान गुमाइसकेका छन्।
खाता जैविक मार्ग र राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा सतर्क र सजक रहन डिभिजन वन कार्यालय बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जले अनुरोध गर्दै आइरहेको छ ।
