Sidha Patra शुक्रबार, साउन २२, २०८३

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बनगाउँका एक युवक मृत फेला परेका छन् । स्थानीय २८ वर्षीय राजेन्द्र केसी घर नजिकै आफ्नै मोटरसाइकलसहित दुर्घटनामा परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।

डिएसपी पराजुलीका अनुसार उनी आफ्नै आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकल सडक किनारमा खुट्टा च्यापेर लडेको अवस्थामा फेला परेको थियो । ‘छिमेकीको घरको भित्तामा ठोकिएर गेटमा लागेपछि उनी सडक किनारमा पल्टिएको अनुमान छ,’ डिएसपी पराजुलीले भने, ‘हेलमेट पनि नलगाएकाले दुर्घटना गम्भीर भएको देखियो।’

प्रहरीले राति सवा ११ बजेतिर उनी घर नजिकै दुर्घटनामा परेको भएपनि कसैले थाहा नपाएको बताएको छ । बिहानीपख दूध बेच्ने आउनेहरुले देखेपछि प्रहरीलाई खबर गरिदिएको थियो ।

परिवारका एक्ला सन्तान उनी अटो चलाउँथे

पेट्रोल सकिएपछि पेट्रोल ल्याउन भनेर उनी घरबाट आफ्नै मोटरसाइकल लिएर सुकौरा पुगेर फर्किने क्रममा घर नजिकै दुर्घटनामा परेका थिए । मृतकको शव पोस्ट मर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।सेतोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]