
Mbdvs
mbd
Sds
Pbu
Rbs
Gisld

Ggd
nsb
Rsb
Wsp
Bbbpu
Sbs
Tsm
Rgu
Pvg
Rgs
Gst
Ksm
Vor
Bbu
Ssm
Rgu
Hal
Asm
Sls

bbt
Jmb
sab
Abd
Bml
Rmb
Ptm
Gsb
Rpp
Jmb
Pls
Mks
Syp
बाग्लुङ । बाग्लुङ,प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन् ।आइतबार बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला गाउँपालिका- ७ राजकुत र बडीगाड गाउँपालिका- १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो।
त्यस्तै झगडामा परी निसीखोला-७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो। त्यस्तै १० जनाभन्दा बढी बेपत्ता भएका थिए। निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले दिउँसोको ग्याङ फाइटपछि सम्पर्कविहीन भएकाहरू राती अबेर सम्पर्कमा आइसकेको जानकारी दिनु भयो। सम्पर्कमा आएका ६-७ जना सामान्य घाइते रहेको पौडेलले बताउनु भयो ।
यस्तै दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा नलिएको उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको बताउनु भएको छ । घटनाका प्रत्यक्षदर्शीसँग बुझ्दा होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको देखिएको हवारीले बताउनु भयो ।
त्यस्तै प्रारम्भिक अनुसन्धानमा हेर्दा पूर्वनिर्धारित कुनै योजना नभई एउटा समूहकी महिलालाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको देखिन्छ,’ हवारीले भन्नु भयो । निसीखोला गाउँपालिकाका अध्यक्ष पौडेलले पनि राजकुतका २०/२२ जना युवा दिउँसो होली खेल्दै बल्देधुरी गएको र रङ लगाउने क्रममा विवाद भएर घटना भएको बताउनु भयो ।
यस्तै बडीगाड-१० दर्लिङका युवाहरू होली मनाउने र बनभोज पनि खाने गरी जम्मा भएका बेला अर्को क्षेत्रबाट गएका युवाहरूले महिलालाई रङ लगाउन खोज्दा घटना भएको उहाँले बताउनु भयो । अहिले प्रहरीले घटनामा संलग्न दुबै वडाका युवासँग सोधपुछ गरिरहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिनु भयो ।
