Sidha Patra बुधबार, साउन २०, २०८३

काठमाडौँ । प्रहरीले आफूलाई रियल स्टेट घरजग्गा व्यवसायी तथा मानव अधिकारको सदस्य भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

त्यस्तै,पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ७ बस्ने हेमराज अवस्थी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अवस्थीले घरजग्गा मिलाइदिने प्रलोभन देखाई विभिन्न मानिसहरूबाट १६ लाख रुपैयाँ ठगी गरेका थिए । साथै उनले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै विभिन्न व्यक्तिहरूलाई १ करोड १४ लाख रुपैयाँभन्दा बढीको चेक जारी गरी बैंकिङ कसूर मुद्दामा फरार रहँदै आएका थिए ।

काठमाडौँ परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार पक्राउ परेका अवस्थीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]