
Mbdvs
mbd
Pbu
Rbs
Gisld
Sds

Gst
Wsp
Hal
Rsb
Sls
Ggd
Ksm
Ssm
Rgu
Rgs
Sbs
Bbu
Vor
Tsm
Rgu
Asm
nsb
Pvg
Bbbpu

Gsb
Syp
Rmb
Jmb
Jmb
sab
Abd
Rpp
Ptm
Bml
Pls
Mks
bbt
दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका नवनिर्वाचित पदाधिकारीहरुलाई एक समारोहका बीच आइतवार भालुवाङमा गोपिनियताको शपथ ग्रहण गराउनुको साथै पदहस्तारण कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै नवनिर्वाचित अध्यक्ष सुरज खड्कालाई निर्वाचन समितिका संयोजक टोपबहादुर झार्कीले शपथ खुवाउनु भएको थियो भने अध्यक्ष सुरज खड्काले अन्य पदाधिकारीहरुलाई शपथ खुवाउनु भएको थियो । त्यस्तै निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेलले नव निर्वाचित अध्यक्ष खड्कालाई माइन्युटबुक सहित पद हस्तान्तरण गर्नु भएको थियो । निर्वाचन समितिका संयोजक टोपबहादुर झाक्रीको अध्यक्ष्यता एवम् संघका पुर्व अध्यक्ष तथा राप्ती गाउँपालिका १ नम्बर वडा अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला सदस्य किरण भण्डारी,नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी,नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापती दुर्योधन पाण्डे, राजमो राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल,जसपा राप्ती गाउँपालिका अध्यक्ष गिरबहादुर जिएम,राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, राप्ती गाउँपालिका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसाल,साविक लालमटिया गाविसका निवर्तमान अध्यक्ष सुर्यप्रकाश शर्मा, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे र देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान संपादक सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै शपथ ग्रहण तथा पदहस्तारण समारोहपछि बोल्दैै नवनिर्वाचित अध्यक्ष खड्काले सबैको भावनालाई आत्मसात गरेर अगाडी बढ्ने र त्यसका लागि सबैको साथ सहयोग अपरिहार्य भएको बताउनु भयो । निर्वाचन समितिका सदस्य ठाकुर आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य सन्तोषकुमार योगीले गर्नु भएको थियो ।
