
ksbus
Amb
Sdc


रुपन्देही । पछिल्लो समय दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा रुपन्देहीको बुटवलमा सद्भाव र्याली निकालिएको छ ।
बुटवलको राजमार्ग चौराहामा बुधबार आज विभिन्न समुदायका नागरिकको सहभागितामा शान्तिपूर्ण सद्भाव र्याली भएको हो । धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भावको सन्देश दिन ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने मूल नारासहित र्याली आयोजना गरियो ।
त्यस्तै,युवाहरुको समूह एमआरआरको आयोजनामा भएको र्यालीलाई राजा–ए मुस्तफा मस्जिद समिति तथा मदिना मदरसा मस्जिदले सहयोग गरेका थिए । सहभागीहरुले विविधताबीचको एकतालाई अझ मजबुत बनाउँदै शान्ति र भाइचाराको भावना कायम राख्नुपर्नेमा जोड दिए । सहभागीले हात र गलामा राष्ट्रिय झण्डा बोकेका थिए ।
