
ksbus
Sdc
Amb


काठमाडौं । नेपाली काङ्ग्रेस पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
जावलाखेल स्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्व उपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने पनि बताएका छन् । ‘तत्पश्चात शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिने छ,’ पूर्वमन्त्री मेखलालले फेसबुकमा लेखेका छन् ।
त्यस्तै,काङ्ग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए ।
