
snmbs
rgs
Ges
dpm
Mbf
Dpm
Amb
Gesld
Snmbs
Pbu
Dbc
pvg
Snmbs
Sdc
sjnsplk


काठमाडौं । आगामी तीन दिनसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन नै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
त्यस्तै,मनसुनी वायुको प्रभाव र यसको न्यूनचापीय रेखा पनि सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वामा सरदरस्थान आसपास रहँदा विभिन्न स्थानमा भारी वर्षा भएको हो । शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै,राति देशका पहाडी भू-भाग, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । राति नै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो नै कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै,आइतबार राति कोशी र लुम्बिनी, गण्डकी प्रदेशका पहाडी र तराई भू-भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेश, बागमती, र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार दिउँसो भने कोशी प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । सोमबार दिउँसो कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ ।
