Sidha Patra शुक्रबार, साउन ०१, २०८३

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक शुक्रबार आज राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । बैठकको निर्णयअनुसार प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हाल उक्त मन्त्रालयमा कार्यरत सचिव सुशीला अर्याललाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी तोकिएको छ।

त्यस्तै,मन्त्रिपरिषद बैठकमा आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७.७७ प्रतिशत र पुँजीगततर्फ ६६.८० प्रतिशत बजेट खर्च भएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो । यसैबिच प्रमुख सचिव कृष्णप्रसाद काप्रीले सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई बुझाएका छन् । उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने प्रवक्ता घिमिरेले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]