
Mbf
Sdc
dpm
Ges
Snmbs
rgs
Pbu
Amb
snmbs
Snmbs
Gesld
Dbc
Dpm


दाङ । तुलसीपुरमा बलात्कारको आरोपमा एक सहकारीका सीइओ पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी धनिराम भण्डारी (डीआर) रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरका अनुसार भण्डारीले मंगलबार राति तुलसीपुरको रजौरा स्थित एक होटेलमा काम गर्ने बालिकालाई बलात्कार गरेको भनि जाहेरी परेको बताए ।
वेटरको काम गर्ने ति बालिकालाई बुधबार राति १० बजेतिर जबरजस्ती करणी गर्दा चिच्याएपछि घटना बाहिर आएको थियो । त्यसपछि पीडित पक्षले प्रहरीलाई फोन गरेको थियो । प्रहरीलाई फोन गरेको थाहा पाएपछि भण्डारी मंगलबार राति नै बा.प्र.०१०३३ च ३९९३ नम्बरको गाडीमा भाग्न खोज्दै थिए । त्यही क्रममा रजौरा नजिक उनको कार समेत दुर्घटना परेको थियो ।
दुर्घटनामा परेपछि कार त्यही छोडेर उनी त्यहाँबाट भागेका थिए । उनलाई बुधबार दिउसो मात्रै विजौरीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक बुढाले बताए । पीडितले भण्डारी विरुद्ध जाहेरी दिइसकेकी छन् ।
त्यस्तै,स्रोतका अनुसार ति बालिका १८ बर्ष मुनीको हुन् । यद्यपी उनी कति बर्षकी हुन्, भनेर प्रहरीले एकीन खुलाएको छैन । प्रहरीले भन्छः ‘उनी १९/२० बर्षकी हुन सक्छिन् ।’ साथै प्रहरीले बुधबार राति नै उनीसंग गएका अर्का साथीलाई समेत पक्राउ गरेको थियो ।
