
rgu
Gsl
Bs1
ksbus
Pbu


दाङ । देउखुरीको लमहीमा धान पाेराईकाे क्रममा अजिङ्गर फेला परेको छ । लमही नगरपालिका नम्बर १, सुन्डबरी निवासी बुद्धि चौधरीको खेतमा बिहीबार विहान धान रोपाइँ गर्ने क्रममा अविषालु अजिङ्गर सर्प देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
राेपाइकाे क्रममै अजिङ्गर फेला परेपछि किसानहरू केहि बेर त्रसित भए । स्थानीयहरूकाे सूचनापछि पत्रकार तथा सर्प उद्धारकर्ता शिवु खनालले उक्त अजिङ्गरलाई सकुशल उद्दार गरे ।
उद्दार पश्चात् उक्त अजिङ्गर सर्पलाई सुरक्षित प्राकृतिक बासस्थानमा छोडिएकाे छ । करिब डेर मिटर लम्बाई र अन्दाजी पाँच किलाे ताैल रहेको सर्प उद्दारकर्ता शिवु खनालले जानकारी दिए ।
