
Gsl
ksbus
Bs1
Pbu


रोल्पा । रोल्पामा सहिदहरूको स्मृतिलाई सम्मान गर्दै सहिदहरूको नाममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
सन स्टार युवा क्लबको आयोजनामा तथा रोल्पा नगरपालिकाको सहयोग र समन्वयमा वन डिभिजन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा, सशस्त्र प्रहरी बल नेपाल गुल्म, सूर्यदल गण, राष्ट्रिय माध्यमिक विद्यालय खुमेल र वन उपभोक्ता समिति सातदोबाटोको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
जनयुद्ध स्मृति भ्यूटावर परिसर र रक गार्डेन नजिक रहेको चिल्ड्रेन पार्क क्षेत्रमा वृक्षारोपणसँगै जंगल गोडमेल गरिएको थियो। कार्यक्रममा रोल्पा नगरपालिकाका १० वटै वडाका सहिदहरूको नाम अंकित नेम प्लेटसहित बिरुवा रोपिएको छ। विभिन्न प्रजातिका २ सयभन्दा बढी बिरुवा तथा फूल रोपेर वातावरण संरक्षणसँगै सहिदहरूको स्मृतिलाई दीर्घकालीन रूपमा सम्मान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रमको अनौपचारिक सत्रमा सन स्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर उपप्रमुख गीता आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्लबका सदस्य टेकेन्द्र सेनले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, वडा नम्बर १ का अध्यक्ष खुमबहादुर थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यस्तै आयोजकका अनुसार यस्ता कार्यक्रमले वातावरण संरक्षणका साथै सहिदहरूको योगदानलाई नयाँ पुस्तासम्म स्मरण गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।मालाश्री
