
Gmk
Mbdvs
Anm
Ksm
Sds
mbd
Pbu
gst
Rbs
Gisld

Vor
Rgu
Rgs
Rsb
Ssm
Pvg
nsb
Sls
Ksm
Bbu
Asm
Rgu
Ggd
Gst
Hal
Tsm
Wsp
Bbbpu
Sbs

Pls
Bml
bbt
sab
Jmb
Ptm
Rmb
Syp
Rpp
Jmb
Abd
Gsb
Mks
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सञ्चालन गरेको सप्ताहव्यापी खानेपानी सुरक्षा तथा सरसफाइ सचेतना अभियान सम्पन्न भएको छ ।
अभियानअन्तर्गत विभिन्न टोल विकास संस्थामा पुगेर स्वच्छ खानेपानी, सरसफाइ, पानीको मितव्ययी प्रयोग, मुहान संरक्षण तथा पानीको सदुपयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
संस्थाका अध्यक्ष सनमकुमार पौडेलको अध्यक्षतामा सञ्चालन भएको अभियानको पहिलो दिन मजगाउँ टोल विकास संस्थामा कार्यक्रम गरिएको थियो । दोस्रो दिन जखेरा मुसण्डी टोल विकास संस्था, तेस्रो दिन भयरथान टोल विकास संस्था, चौथो दिन भैसकोर्मा टोल विकास संस्था, पाँचौं दिन पिपल बोरिङ टोल विकास संस्था, छैटौं दिन गोरक्ष टोल विकास संस्था तथा सातौं दिन लमही बजार टोल विकास संस्थामा कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ ।
अभियानका क्रममा खानेपानीका स्रोतहरूको संरक्षण, पानी प्रदूषण न्यूनीकरण, सुरक्षित पानीको प्रयोग, घर तथा समुदायस्तरमा सरसफाइ कायम राख्ने उपाय, वर्षायाममा पानीजन्य रोगबाट बच्ने उपाय तथा पानीको दिगो व्यवस्थापनका विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई पानी सीमित प्राकृतिक स्रोत भएकाले यसको जथाभावी प्रयोग नगरी मितव्ययी रूपमा उपयोग गर्न आग्रह गरिएको थियो । साथै खानेपानीका मुहान, जलाधार क्षेत्र तथा जलस्रोत संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो ।
अभियानका क्रममा समुदायस्तरमा सरसफाइ प्रवर्द्धन, फोहोर व्यवस्थापन, खुला स्थानमा फोहोर फाल्ने प्रवृत्ति न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणका विषयमा समेत सचेतना फैलाइएको थियो । संस्थाले स्वच्छ खानेपानी र स्वस्थ जीवनशैलीका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ ।
अध्यक्ष पौडेलले सुरक्षित खानेपानीको पहुँचसँगै पानीको संरक्षण र सदुपयोग आजको आवश्यकता भएको बताउँदै समुदायको सहभागिताबिना जलस्रोत संरक्षण सम्भव नहुने उल्लेख गरे । उनले खानेपानीको दिगो व्यवस्थापन तथा भावी पुस्ताका लागि जलस्रोत सुरक्षित राख्न सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
सप्ताहव्यापी अभियानमा स्थानीय बासिन्दा, टोल विकास संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
