
Ksbus
Rgp
Sdc
Ksbus
Lnp
Asbus
Msbus
Ggp
Ggp


दाङ । दाङ जिल्लाको तेक्वान्दो इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै गढवा गाउँपालिका–६ निवासी बसन्ती चौधरी जिल्लाकै पहिलो ५ डान ब्ल्याक बेल्ट प्राप्त गर्ने महिला तेक्वान्दो खेलाडी तथा प्रशिक्षक बन्न सफल भएकी छन् ।
नेपाल तेक्वान्दो संघको आयोजना तथा विश्व तेक्वान्दोको मान्यता अनुसार सञ्चालन गरिएको राष्ट्रिय क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स–२०२६ का क्रममा उनले पाँचौं डानको सफलता हासिल गरेकी हुन्।
लामो समयदेखि तेक्वान्दो खेलमा सक्रिय चौधरीले आफ्नो निरन्तर मेहनत, अनुशासन, समर्पण र लगनशीलताका कारण यो ऐतिहासिक उपलब्धि हासिल गरेकी हुन्। उनको यस सफलताले दाङ जिल्लाको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्नुका साथै महिला खेलाडीहरूलाई पनि प्रेरणा प्रदान गरेको छ।
स्थानीय खेलप्रेमी, खेलकुदकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले चौधरीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभेच्छा दिएका छन्।
बसन्ती चौधरीको यो उपलब्धि दाङ जिल्लाका लागि गौरवको विषय बनेको छ । उनको सफलताले जिल्लामा तेक्वान्दो खेलको विकास र महिला सहभागिता वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
