
Usbus
Ssbus
Ksbus
Ksbus
Rksbn
Ksbus
Ksbrl
Ssbus
Pbu
Rksbs
Rsbus
Rsbus

Rsb
Rgu
Ksm
Rgu
Ggd
Sbs
nsb
Ssm
Rgs
Hal
Tsm
Wsp
Pvg
Sls
Asm
Gst
Vor
Bbu
Bbbpu

Abd
Jmb
sab
Jmb
Rmb
Gsb
Rpp
Ptm
Syp
Bml
bbt
Mks
Pls
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिएको बताएका छन् ।
भूम्या पर्व २०८३ का अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरेका हुन् । उनले विशेषगरी रोल्पा, दाङ, प्यूठान तथा रुकुम पूर्वी भागलगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको भूम्या पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व र संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले सांस्कृतिक विविधता नेपालको साझा सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण तथा प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको धारणा राखे ।
त्यस्तै,उनले भूम्या पर्वले भूमि, कृषि तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो विकासको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । साथै यस पर्वले सबैमा सुख,शान्ति, समृद्धि, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्दै समृद्ध लुम्बिनी प्रदेश निर्माणमा थप ऊर्जा प्रदान गर्ने कामना गरेका छन् ।
