
Amb
ksbus
Sdc


दाङ । घोराहीमा भएको लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन बनेको छ ।
घोराही उपमहानगरपालिका-१५ स्थित दरबार स्केट पार्कमा भएको प्रतियोगितामा दाङले ४ स्वर्ण, ३ रजत र १ कांस्य पदकसहित समग्र उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा २ स्वर्ण र २ कांस्य पदकसहित पाल्पा दोस्रो स्थानमा भएको थियो ।
त्यस्तै,प्रतियोगितामा बाँके र गुल्मीले समान १ स्वर्ण र १ रजत पदक जित्न सफल भएका छन् । रुपन्देहीले १ स्वर्ण, नवलपरासीले १ रजत र १ काश्य र अर्घाखाँचीले १ रजत पदक जित्न सफल भएको छ । प्रतियोगिता प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा तथा लुम्बिनी प्रदेश बक्सिङ संघको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दुई दिन घोराहीमा भएको हो ।
यस्तै,प्रतियोगिताका विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम,लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरुङले प्रमाणपत्र वितरण गरेका थिए ।प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरुको बाक्लो सहभागिता रहेको आयोजकले जनाएको छ ।
