
Amb
Sdc
ksbus


काठमाडौं । ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुगेपछि नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले सबै नेपाली समर्थकलाई धन्यवाद दिएका छन् ।
उनले भने ‘सबै समर्थकलाई धन्यवाद जताततै नेपालीहरुनै नेपालीहरु सपोर्ट गर्न आउनुभएकोमा धन्यवाद ।’ उनले प्रशिक्षक तथा युएफसीलाइ पनि धन्यवाद दिएका थिए ।
‘रोड टु युएफसी’ सिजन ५ अन्तर्गत आज मकाउको ग्यालेक्सी एरेनामा भएको क्वा्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै सेमिफाइनलमा पुगेका हुन् । रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थकहरु पुगेपछि उनले खुसी नेपाली दर्शक माझ साँटेका थिए । ढाँट ‘रोड टु युएफसी’मा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् ।
त्यस्तै,रविन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्ने छन् । रविन्द्रले सुरुमा म्याट्टी इयानसँग खेल्ने तय थियो । म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए । ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यस तौल समूहमा विजेता बने युएफसीको अनुबन्धन प्राप्त गर्ने पहिलो नेपाली बन्ने छन् ।देशसञ्चार
