
Djs
Gfs
Ggp
Unsku
Lnp
Rgp1
Pes
Sgr
Pbu
sbs
pku
Rgp
Srbpu
cjs

Rsb
Ggd
nsb
Wsp
Hal
Pvg
Sbs
Gst
Rgs
Tsm
Ssm
Vor
Bbu
Ksm
Rgu
Rgu
Asm
Bbbpu
Sls

Gsb
Rmb
Bml
Pls
Mks
Rpp
bbt
Jmb
Jmb
sab
Abd
Syp
Ptm
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताएक छन् ।
दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह रहेको उल्लेख गरेका हुन् ।
त्यस्तै,उनले खेलकुदले जिल्ला,प्रदेश र देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।`राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद हाम्रो मुख्य लक्ष्य हो,´उनले भने,`खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ । खेल पूर्वाधार निर्माण,खेलाडी उत्पादन तथा नियमित प्रतियोगिता आयोजना भइरहेका छन् ।´
मुख्यमन्त्री आचार्यले पछिल्लो समय युवाहरु कुलतमा फस्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनीहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताए । `खेल अनुशासन हो । स्वस्थ जीवनका लागि खेलकुद अनिवार्य छ । युवाहरु कुलतमा फस्नु सबैका लागि चिन्ताको विषय बनिरहेको छ,´ उनले भने, `अनुशासन र नियममा बाँधिन जरुरी छ ।´उनले राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरुलाई हौसला प्रदान गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न आग्रह गरे ।
प्रदेश खेलकुद विकास परिषदको आयोजनामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबड्डी र एथलेटिक्स विधाका खेलहरु समावेश छन् ।
त्यस्तै, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तीरणदाज गौतमको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सीता शर्मा चौधरी लगायत खेल क्षेत्रका अगुवा, प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।

