
Djs
Ggp
Lnp
Rgp1
cjs
Srbpu
Sgr
Pbu
Pes
Ses
Rgp
Gfs
pku
Unsku

Rgu
Rsb
Rgu
Ksm
Sbs
Gst
Rgs
Ssm
nsb
Sls
Bbbpu
Pvg
Vor
Asm
Tsm
Wsp
Ggd
Hal
Bbu

Syp
sab
Pls
bbt
Ptm
Rpp
Abd
Bml
Jmb
Mks
Rmb
Jmb
Gsb
काठमाडौँ । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणका क्रममा छुटेका र समस्यामा परेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको छ ।
मन्त्रालयले शनिबार एक प्रेस नोट जारी गर्दै सहायता आवश्यक भएका र हाल सडकमा अलमलमा परेका नागरिकलाई काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित हुन अनुरोध गरेको हो ।
वास्तविक भूमिहीन नागरिकको पहिचानका लागि सरकारले डिजिटल लगत संकलनको काम सुरु गरेको छ। यसरी दर्ता भएका नागरिकलाई सरकारले तयार पारेको होल्डिङ सेन्टर मा व्यवस्थित गरिने प्रबन्ध मिलाइएको मन्त्रालयले जनाएको छ।
होल्डिङ सेन्टरमा नागरिकका लागि आवास र भोजनको मात्र नभई स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू समेत निःशुल्क उपलब्ध गराइएको छ।
त्यस्तै,आर्थिक अवस्था कमजोर भएका र आफ्नै पहलमा व्यवस्थापन गर्न असमर्थ नागरिकलाई सरकारले उपलब्ध गराउने यी सेवा र सुविधाको लाभ लिन मन्त्रालयले आग्रह गरेको छ। वास्तविक सुकुमबासी र भूमिहीनलाई प्राथमिकतामा राखेर उनीहरूको समस्या समाधान गर्न सरकार लागिपरेको प्रेस नोटमा उल्लेख छ।
यस्तै,नागरिकको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै मन्त्रालयले कोही पनि नागरिक अलपत्र पर्नु नपर्ने बताएको छ ।रातोपाटी
