
Srbpu
Pbu
Ggp
Lnp
Unsku
Rgp1
Rgp
Sgr
pku

Rgu
Sbs
Ksm
Bbu
Vor
Rgs
Ggd
Pvg
Gst
Hal
Sls
Bbbpu
Asm
nsb
Wsp
Tsm
Ssm
Rsb
Rgu

Bml
Rpp
Rmb
Syp
Abd
Gsb
sab
Jmb
Pls
Mks
Ptm
Jmb
bbt
काठमाडौँ । सरकारले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिने भएको छ ।
गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको पहिचान गरी ती संरचनाहरु हटाउन निर्देशन दिएको हो ।
मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित सार्वजनिक जग्गाको लगत संकलन गर्न र त्यस्ता जग्गा खाली गराउने विस्तृत योजना मन्त्रालयमा पठाउन भनेको छ ।
त्यस्तै शाखा अधिकृत कृष्ण देवकोटाद्वारा जारी पत्रमा जिल्लाबाट पठाइएका योजनाहरु मन्त्रालयले स्वीकृत गरेपछि अतिक्रमण हटाउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध र अन्य प्रशासनिक सहजीकरण गृह मन्त्रालयले गर्ने उल्लेख छ ।
यस्तै मन्त्रालयले यसअघि २०८२ चैत २० गते पनि सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा परिपत्र गरेको स्मरण गराउँदै सोही कार्यलाई थप प्रभावकारी बनाउन सचिवस्तरको निर्णयबाट यो नयाँ निर्देशन जारी गरेको हो ।
