
Ggp
Sgr
Rgp
Rgp1
Unsku
Lnp
Srbpu
pku
Pbu

Tsm
Rgs
Rgu
Rgu
Ggd
Hal
Vor
Pvg
Asm
nsb
Sbs
Gst
Sls
Ksm
Ssm
Bbbpu
Rsb
Bbu
Wsp

Pls
bbt
Bml
Jmb
sab
Ptm
Gsb
Jmb
Rmb
Mks
Syp
Rpp
Abd
दाङ । धानखोला–लमही सडक खण्डलाई दुईलेनमा निर्माण गर्न लागिएको योजना विरुद्ध संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ ।
धानखोला–लमही चारलेन सडक निर्माण संघर्ष समितिले वैशाख १६ गते राप्ती गाउँपालिका–१ पाखापानीमा विरोध कार्यक्रम गर्ने जनाएको छ। संघर्ष समितिका संयोजक प्रकाश शाहीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमसिए नेपालमार्फत अगाडि बढाइएको उक्त परियोजना स्थानीय जनभावना विपरीत रहेको बताएका छन् ।
त्यस्तै,उनका अनुसार सन् २०१७ मा सम्झौता भएको एमसिसि परियोजना वि.सं. २०७८ मा संसदबाट पारित भई कार्यान्वयनमा आएको भए पनि यो परियोजना नेपालमा सर्वाधिक विवादास्पद बनेको छ । एमसिए नेपालमार्फत विद्युत प्रसारण लाइन र सडक पूर्वाधारमा काम भइरहेको छ । हाल तनहुँ, पाल्पा, मकवानपुर, नुवाकोट (रातामाटे), काठमाडौं (लप्सीफेदी), बाजुरा (कोल्टी) र रोल्पाको थवाङ लगायत क्षेत्रमा विद्युत प्रसारणको काम अगाडि बढिरहेको छ भने दाङ देउखुरी क्षेत्रमा धानखोला–लमही सडकलाई दुईलेनमा निर्माण गर्न खोजिएको छ ।
यस्तै,सरकारले सार्वजनिक गरेको १८ बुँदे प्रतिबद्धतामा समेत समेटिएको महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडक खण्डमा स्थानीयको व्यापक विरोधका बीच एमसिए नेपाल र शर्मा–कुमार जेभीबीच ४० किलोमिटर सडक निर्माणका लागि सम्झौता भइसकेको छ र हाल सर्वेक्षण भइरहेको छ ।
त्यस्तै,संघर्ष समितिले वैशाख ११ गते इमेल मार्फत प्रधानमन्त्री कार्यालयमा सडक एशियाली मापदण्डअनुसार फराकिलो बनाउनुपर्ने माग राख्दै जानकारी गराएको जनाएको छ । तर माग सम्बोधन गर्नुको सट्टा वैशाख १६ गते उद्घाटन गर्ने तयारी गरिएको भन्दै यसलाई जनभावनाविपरीत कार्यको रूपमा लिइएको छ । समितिले धानखोला–लमही दुईलेन सडक परियोजना प्रदेश राजधानी क्षेत्रका लागि आर्थिक, सामाजिक तथा सुरक्षाका दृष्टिले घातक हुने दाबी गरेको छ ।
परियोजना खारेज गरी पूर्व–पश्चिम एशियन हाइवे विस्तार (झापा–कपिलवस्तु)का लागि बजेट सुनिश्चित गर्न २०८२ मंसिर १९ गते भौतिक पूर्वाधार मन्त्रालयमा मागपत्र पेश गरिए पनि सम्बोधन नभएको उल्लेख गरिएको छ । प्रस्तावित १२ मिटर चौडाइको सडकमा ७ मिटर दुईलेन र दायाँ–बायाँ २.५/२.५ मिटर संरचना हुने योजना रहेको जनाउँदै समितिले यसले देउखुरी क्षेत्रको आवश्यकता पूरा नगर्ने, बरु दातृ निकायको ‘प्रयोगशाला’ मात्र बन्ने दाबी गरेको छ ।
करिब सात लाख जनसंख्या रहेको दाङ जिल्लाको देउखुरी क्षेत्र लुम्बिनी प्रदेशको राजधानी हुनुका साथै पूर्व–पश्चिम महेन्द्र राजमार्गको मुख्य खण्ड हो। पछिल्लो तीन वर्षमा जिल्लामा ७१३ सवारी दुर्घटनामा २३३ जनाको मृत्यु, ६३७ गम्भीर घाइते र ५६६ सामान्य घाइते भएको तथ्यांक प्रस्तुत गर्दै समितिले तीमध्ये करिब ३० प्रतिशत दुर्घटना धानखोला–लमही खण्डमै हुने गरेको जनाएको छ।
त्यस्तै,यो क्षेत्र रोल्पा, प्युठान, अर्घाखाँचीसहित करिब १२ जिल्लासँग जोडिएको मुख्य नाका हुनुका साथै विभिन्न उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्र पनि हो । सवारी चाप अत्यधिक बढेका कारण भालुबाङ–लमही खण्डमा ‘टाइम कार्ड’ समेत लागू गरिएको छ । यी सबै आधारमा दुईलेन सडक दीर्घकालीन रुपमा उपयुक्त नहुने निष्कर्षसहित संघर्ष समितिले परियोजना पुनर्विचार गर्न माग गर्दै विरोध कार्यक्रम घोषणा गरेको जनाएको छ ।
