
Sds
gst
Gisld
Pbu
Rbs
Ksm
Mbdvs
mbd
Gmk
Anm

Rsb
Wsp
Sbs
Rgs
Bbbpu
Bbu
Rgu
Gst
Asm
Ggd
Sls
Hal
Ssm
nsb
Pvg
Tsm
Ksm
Vor
Rgu

Jmb
Ptm
Pls
Rpp
Bml
sab
Mks
Syp
Abd
Gsb
bbt
Jmb
Rmb
दाङ । घोराहीमा भएको ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता-२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शनिबार घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल भएका हुन् । प्रतियोगितामा पुरुषतर्फ खड्काले निर्धारित १० किलोमिटर दुरी ३० मिनेट ३३ सेकेन्डमा र महिलातर्फ सेनाकै पूर्णलक्ष्मी न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्न सफल भए । पहिलो बनेका खड्का र न्यौपानेले नगद ८०/८० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी प्रतियोगितामा सशस्त्र प्रहरीका रुपेश कार्की ३१ मिनेट १३ सेकेन्डका साथ दोस्रो हुँदा नेपाली सेनाकै उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा हुन सफल भए । महिलातर्फ सेनाकै निर्मला केसीले ३७ मिनेट ४५ सेकेन्डका साथ दोस्रो हुँदा सम्झना गुरुङवान ३९ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान लिन सफल भए । प्रतियोगितामा द्वितीय र तृतीय स्थान लिने पुरुष तथा महिला खेलाडीलाई जनही ४५ हजार र २५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै,प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका अक्कल पालले ३२ मिनेट २ सेकेन्डमा दुरी पार गर्दै चौथो हुँदा महिलातर्पm एपिएफकी फुलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दुरी पार गर्दै चौथो हुन सफल भए । चौथो स्थान प्राप्त गरेका पाल र रानाले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बिजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको विकास, विस्तार तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यस्तै विगत बर्षको तुलनामा यस बर्ष पुरस्कार राशी बढाइएको भन्दै उनले आगामी दिनमा रकमलाई बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउने अघि बढाउनुपर्नेमा जोड दिए । प्रतियोगितामा एक हजार बढी खेलाडीको सहभागीता रहेको थियो । देशसञ्चार
