
Unsku
Lnp
pku
Srbpu
Ggp
Rgp1
Sgr
Rgp
Pbu

Ggd
Vor
Rsb
Sls
Rgu
Asm
Pvg
nsb
Bbu
Wsp
Rgs
Rgu
Gst
Ksm
Ssm
Tsm
Bbbpu
Hal
Sbs

Syp
Ptm
Abd
Rpp
Rmb
Bml
Jmb
sab
Pls
Gsb
Jmb
bbt
Mks
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक संकेत उल्लंघनकर्ता २०० र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १७६ जनालाई कारबाही गरिएको हो ।
यसैगरी,‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो ।अनलाइनखबर
