
Mbdvs
Gisld
Sds
Rbs
mbd
Pbu

Hal
Gst
Bbbpu
Bbu
Sls
Wsp
Rsb
Rgs
Vor
Sbs
nsb
Ssm
Pvg
Ksm
Tsm
Ggd
Asm
Rgu
Rgu

Jmb
Abd
Pls
Gsb
Mks
bbt
Syp
Rpp
Rmb
Bml
Jmb
Ptm
sab
दाङ । देउखुरीको लमहीमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३ हुने भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र प्रकृतिका साथीहरु नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामाजैविक विविधता ग्रीनपार्कमा बैशाख १८ र १९ गते १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।
बुधवार आज अजम्मरी सामुदायिक वन उपभोक्ता लमहीको जैविक विविधता ग्रीनपार्कमा पत्रकार सम्मेलन गरि १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सव हुन लागेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र प्रकृतिका साथीहरु नामक संस्था बिच लमहीमा अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल उत्सव गर्ने भनेर कात्तिक ९ गते सम्झौता गरिएको थियो । किसानको साथी भनेर चिनिने लाटोकोसेरोको अवैध व्यापार र शिकार हुन थालेपछि संरक्षणका लागि उत्सवको आयोजना गर्न लागिएको आयोजक प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।
ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिल लगायत चरा,वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । अवैध व्यापार र चोरी सिकारका कारण संकटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव गरिसकेको आचार्यले वताए ।
लाटोकोसेरो लगायत पन्छी र वन्यजन्तुसँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ । ठुला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ । सुरक्षित आहाराको कमी,कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको वन्यजन्तु संरक्षणकर्मी चिरञ्जिबी खनालले बताए ।
अमेरिका,इटाली भारतमा समेत मनाइने गरिएको यो उत्सव नेपालमा पनि केही वर्ष यता मनाउन थालिएको छ । लमहीमा आयोजना हुन लागेको लाटोकोसेरो तथा हुचिल उत्सव पहिलो उत्सव हो । हालसम्म यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा आयोजना गरिसकेको प्रकृतिका साथीहरु संस्थाका डाइरेक्टर राजु आचार्यले बताए ।
उत्सवका आकर्षण
दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन चरा अवलोकन, लाटोकोसेरो सम्बन्धी अस्थायी लघु म्युजियम तथा रोबोट प्रदर्शनी, लाटोकोसेरोसम्बन्धी स्लाइड तथा भिडियो प्रदर्शनी हुने निर्देशक आचार्यले जानकारी दिए । उत्सवको दोस्रो दिन संरक्षण,संस्कृति तथा लाटोकोसेरोसँग सम्बन्धी सामग्रीहरु प्रदर्शन गरिने छ । उत्सवलाई जीवन्त बनाउन स्थानीय थारु, मगर, गुरुङ, कुमाल लगायतका सांस्कृतिक नृत्य र भजन तथा लोपोन्मुख स्थानीय प्रतियोगिता पनि हुने आयोजक वनका अध्यक्ष रिजालले जानकारी दिए । उत्सवमा नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
लाटोकोसेरोले मुसाको शिकार गरी नियन्त्रण गर्ने हुनाले यसलाई किसानको साथी पनि भन्ने गरिन्छ । लाटोकोसेरोको भाले, पोथी र एउटा बच्चाले एक सिजन अर्थात् ४ महिनाको अवधिमा करिब ३ हजार वटासम्म मुसा खाने गर्दछन् । मुसाबाहेक लाटोकोसेरोले किरा, फट्यांग्रा, सर्प र भ्यागुतालाई पनि नियन्त्रण गर्दछ । यसको शिकार वा किनबेच गरेमा २५ देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजायँ वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ । नेपालमा तराईदेखि हिमालसम्मै बासस्थान रहेको लाटोकोसेरोको संख्या भने एकिन छैन । संसारभर २३ प्रकारका लाटोकोसेरोको प्रजाति रहेको अभिलेख छ । नेपालमा ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख रहेको आचार्यले बताए ।
उत्सवको ब्यानर अनावरण
बैशाख १८ र १९ गते लमहीमा रहेको जैवि विवितधा ग्रीनपार्कमा हुन गइरहेको १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सको ब्यानर अनावरण गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य लिला शाह, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजाल, प्रकृतिका साथीहरु नामक संस्था काठमाण्डौँका निर्देशक राजु आचार्य, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका कोषाध्यक्ष तेजबहादुर विक, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका सह–सचिव हिमन्त प्रसाद पाण्डे, वन वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशीले संयुक्त रुपमा उक्त उत्सवको ब्यानर अनावरण गरिएको हो ।
लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र
वैशाखको तेस्रो साता आयोजना हुने १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर लमही नगरपालिका ५ स्थित अजम्मरी सामुदायिक वनको आयोजना तथा प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा आगामी वैशाख १८ र १९ गते नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सञ्चालन हुने भएको हो । उत्सवलाई सहभागितामूलक बनाउन विभिन्न विद्यालयसँग सहकार्य गरी विद्यार्थीहरुबाट लाटोकोसेरो तथा हुचिल संरक्षणसम्बन्धी चित्रकला,कविता र निबन्ध संकलन,निमन्त्रणा वितरण लगायतका कार्य भइरहेको आयोजकले जनाएको छ । उक्त उत्सव जैविक विविधता ग्रिन पार्क लमहीमा आयोजना हुने जनाइएको छ ।
