
Gisld
Sds
mbd
Mbdvs
Pbu
Rbs

Rgu
Ssm
Bbu
Pvg
Ggd
Gst
Wsp
Hal
Vor
Rgs
Ksm
Rgu
Sbs
Rsb
Sls
nsb
Asm
Tsm
Bbbpu

Mks
bbt
Rpp
Jmb
Bml
Pls
Gsb
Syp
Abd
Rmb
Ptm
sab
Jmb
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरुलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका मुद्दाहरु प्रभावकारी रुपमा उठाउन निर्देशन दिएका छन् ।
राप्ती उपत्यका (देउखुरी)स्थित संसदीय दलको कार्यालयमा बुधबार सम्पन्न बैठकमा उनले आगामी अधिवेशनहरुमा अझ सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे । प्रदेश सभामा जनताका समस्या,विकासका प्राथमिकता तथा नीतिगत विषयहरूलाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै मुख्यमन्त्री आचार्यले योजना छनोटमा सक्रियता, कार्यान्वयनको प्रभावकारी अनुगमन तथा पार्टी सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। विगत अधिवेशनहरूको अनुभवबाट सिकेर आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ थियो । बैठकले संसदीय बोर्डका यसअघिका निर्णयहरू अनुमोदन गरेको छ भने बोर्डको आमन्त्रित सदस्यमा बसन्ती न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।
यस्तै बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ,प्रदेश सभा सदस्य राजमजीप्रसाद घिमिरे,इन्द्रा गहतराज लगायतले आ–आफ्ना धारणा राखेका थिए। बैठकको सहजीकरण प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले गरेका थिए ।
