
Gisld
Mbdvs
Pbu
mbd
Rbs
Sds

Bbbpu
Rgu
Rgu
nsb
Ksm
Hal
Sbs
Rsb
Bbu
Rgs
Pvg
Vor
Tsm
Sls
Wsp
Ssm
Ggd
Gst
Asm

Pls
Ptm
Gsb
Mks
bbt
Bml
Rmb
Syp
sab
Jmb
Rpp
Abd
Jmb
दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर ५ रगैचामा विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरको नयाँ कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सुरेश महतोले रु २५ लाख ९० हजार ६१६ लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए । उक्त भवन निर्माणको जिम्मा प्रेमधन निर्माण सेवाले प्राप्त गरेको थियो । गत आर्थिक वर्षमा निर्माणको जिम्मा पाएको कम्पनीले केही महिना अगाडि काम सम्पन्न गरेकामा नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
कार्यालय प्रमुख महतोका अनुसार सोमबारदेखि विद्युत् प्राधिकरण वितरण केन्द्रले पश्चिमका नागरिकका लागि सोही कार्यालयबाट सेवा प्रवाह गरिएको छ । यहाँबाट सेवा प्रवाह भएपछि अब त्यहाँका नागरिकलाई विद्युत्को महसुल बुझाउन १८ किलोमिटर टाढा रहेको तुलसीपुरमा आउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
त्यस्तै गाउँमै विद्युत् कार्यालयले सेवा सुरु गरेपछि आफूहरूलाई निकै सहज भएको स्थानीय विवेक कुँवरले बताए । वर्षौँदेखि भोग्दै आएको सास्ती अब बिस्तारै हट्दै गएको अनुभूति भएको उनको भनाइ छ । स्थानीय गिरीराज बस्नेतले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण सम्भव भएको विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।
हाल उपलब्ध जनशक्ति र स्रोतसाधनबाट सेवा सुरु गरिएको केन्द्र प्रमुख महतोले जानकारी दिए । विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख दीपक गौतमले भवनको उद्घाटन गर्दै ग्रामीण तहसम्म विद्युत् सेवा विस्तार भएसँगै नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्नमा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।रासस
