
Rbs
Pbu
mbd
Sds
Mbdvs
Gisld

Sls
Wsp
Gst
nsb
Vor
Asm
Rgu
Rgs
Ggd
Hal
Sbs
Pvg
Bbu
Ssm
Ksm
Bbbpu
Rsb
Tsm
Rgu

Pls
Rmb
Jmb
Syp
Ptm
Rpp
Mks
Gsb
Abd
Jmb
sab
Bml
bbt
दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक मंगलबार आज दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल तथा पारितको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै,भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
