
Sds
Mbdvs
Rbs
Gisld
Pbu
mbd

Sls
Sbs
nsb
Pvg
Rsb
Tsm
Hal
Asm
Ggd
Rgu
Bbbpu
Ssm
Rgu
Gst
Vor
Rgs
Bbu
Ksm
Wsp

Gsb
sab
bbt
Syp
Rpp
Jmb
Abd
Ptm
Jmb
Pls
Mks
Rmb
Bml
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी मधुसुदन केसीले श्रेस्ता कायम जग्गालाई सार्वजनिक जग्गा भनी भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
केसीले सोमबार लमहीमा पत्रकार सम्मेलन गरेर गढवा गाउँपालिका–१ बनघुस्री बस्ने आफूलाई सामाजिक अभियन्ता बताउने सन्देश भण्डारी क्षेत्रीले आफ्नो फेसबुक पेजबाट गलत सूचना फैलाएको, चरित्र हत्या गरेको तथा शारीरिक आक्रमण समेत गरेको बताएका छन् ।
२०८२ चैत २५ गते सन्देश भण्डारी क्षेत्रीले आफ्नो फेसबुक पेजमार्फत साविक पत्रिंगा–६ ग कि.नं. २७ को जग्गा सार्वजनिक भएको भनी भ्रामक र झुठा सूचना फैलाएको केसीले बताए । उक्त जग्गा निजी स्वामित्वको भएको दाबी गर्दै पीडित केसीले सो कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्।
त्यस्तै पीडितका केसीका अनुसार उक्त क्षेत्रको कि.नं. ८८ अशोक कुमार यादवको नाममा दर्ता रहेको र सोसँग जोडिएको कि.नं. २७ मा आफूले के.सी. बहुउद्देश्यीय फर्म मार्फत टनेल निर्माण गरी तरकारी खेती गर्दै आएका थिए। तर, २०८२ असार २२ गते सन्देश भण्डारी क्षेत्रीले खेतमा काम गरिरहेका केसीका परिवारका सदस्यमाथि गालीगलौज, दुर्व्यवहार तथा टनेलमा तोडफोड तथा जग्गा हडप्न खोजेको बताए ।
उक्त घटनापछि गढवा गाउँपालिका १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारी तथा इलाका प्रहरी कार्यालय गढवामा जानकारी गराउँदा पनि उजुरी दर्ता नभएको र प्रहरीकै रोहबरमा भण्डारी क्षेत्रीलाई टनेल निर्माण गर्न दिने सहमति गराइएको पीडितको भनाइ छ। तर, उक्त सहमति कार्यान्वयन नभई पटक–पटक तोडफोड र दुर्व्यवहार जारी रहेको केसीले बताए । २०८२ मंसिर २ गते स्थानीय जनप्रतिनिधि, भद्रभलादमी र प्रहरीको उपस्थितिमा छलफलका क्रममा सन्देश भण्डारी क्षेत्रीले कुटपिट गर्दा आफू घाइते भएको र धारिलो वस्तु प्रहारबाट टाउकोमा चोट लागेको पीडितले बताएका छन्। घटनापछि प्रहरी नियन्त्रणमा राखी उपचारसमेत नदिइ मानसिक यातना दिएको केसीले बताए ।
यस्तै गढवा गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षबाट सामाजिक सञ्जालमै उक्त जग्गा अन्य व्यक्तिको भएको दाबी सार्वजनिक गरिएको भन्दै पीडितले स्थानीय सरकारप्रति पनि असन्तुष्टि जनाएका छन्। पछि गाउँपालिका, प्रहरी र प्राविधिकको टोलीले नापजाँच गरी जग्गा नियन्त्रणमा लिए पनि त्यसबारे आफूलाई जानकारी नदिएको गुनासो गरे । पीडित केसीले उक्त जग्गा आफ्ना हजुरबुबा स्व. प्रेम बहादुर के.सी.को नाममा नापजाँच भएको र वडा कार्यालयबाट प्राप्त सिफारिसका आधारमा न्यायिक समितिबाट उपयोग तथा संरक्षणको पत्र पाएको दाबी गरेका छन्।
यसैबीच सन्देश भण्डारी क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफूलाई भूमाफिया भन्दै निरन्तर आरोप लगाउने,गाली बेइज्जती गर्ने तथा धम्की दिने गरेको आरोप पनि उनले लगाएका छन् । आफ्नो मान–प्रतिष्ठामा गम्भीर आघात पुगेको र परिवारका सदस्यसमेत असुरक्षित बनेको पीडितको भनाइ छ। पीडितले आफ्नो जिउ–ज्यान र सम्पत्तिको सुरक्षाको माग गर्दै सम्बन्धित पक्षविरुद्ध कडा कानुनी कारबाहीको माग गर्दै न्यायका लागि कानुनी प्रक्रियामा जाने बताएका छन् ।
