
Rbs
Sds
Pbu
mbd
Mbdvs
Gisld

Gst
Rgs
Bbu
Vor
Rgu
Ssm
Wsp
Tsm
nsb
Sbs
Ggd
Rsb
Pvg
Asm
Rgu
Sls
Bbbpu
Hal
Ksm

Rpp
Pls
Bml
Abd
Jmb
Gsb
bbt
Ptm
Jmb
Mks
Rmb
Syp
sab
दाङ । शिक्षकको सीप अभिवृद्धि मार्फत शिक्षाको गुणस्तर उकास्ने उद्देश्यका साथ देउखुरीको लमहीमा रहेको गुरुकुल एकेडेमी लमहीले शिक्षकहरुलाई हस्तलेखन सम्बन्धि विशेष तालिम सोमबार एक कार्यक्रमका बीच प्रदान गरेको छ ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शिक्षकहरुको लेखन सीपलाई प्रभावकारी, स्पष्ट र आकर्षक बनाउने लक्ष्य राखिएको थियो। तालिममा गुरुकुल एकेडेमी घोराहीका अतिरिक्त विभाग प्रमुख विशालमान श्रेष्ठले प्रशिक्षकका रुपमा सहजीकरण गर्दै हस्तलेखन सुधारका व्यावहारिक तरिका,अक्षरको संरचना, सन्तुलन तथा सफा लेखनका उपायबारे विस्तृत जानकारी दिए ।
कार्यक्रमको विशेषता भनेको केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई शिक्षकहरुलाई व्यवहारिक अभ्याससमेत गराइनु थियो। यसले सहभागी शिक्षकहरुको लेखन सीपलाई अझ सुदृढ बनाउन सहयोग पुगेको छ । कार्यक्रम गुरुकुल एकेडेमी लमहीका शैक्षिक निर्देशक विवेक देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । उनले शिक्षक सशक्तिकरण बिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीको सिकाइमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
त्यस्तै विद्यालयका अनुसार,शिक्षकहरुको हस्तलेखनमा सुधार ल्याउँदा त्यसको प्रभाव विद्यार्थीमा समेत पर्ने भएकाले उनीहरूमा सफा, स्पष्ट र आकर्षक लेखनको बानी विकास हुने अपेक्षा गरिएको छ । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरुले तालिमलाई अत्यन्त उपयोगी र प्रभावकारी भन्दै आगामी दिनमा सिकेका सीप कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको बताउँदै यसबाट समग्र शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ ।
