
Sds
Mbdvs
Pbu
Rbs
Gisld
mbd

Asm
Ksm
Vor
Gst
Bbbpu
Sls
Sbs
Pvg
Rsb
Wsp
Rgu
Hal
Rgu
Ggd
Tsm
nsb
Bbu
Rgs
Ssm

Gsb
Mks
Pls
Ptm
Jmb
Syp
Rmb
bbt
Rpp
Jmb
Bml
sab
Abd
दाङ । घोराही उपमहानगरपालिकाले अटो तथा विद्युतिय रिक्साहरुलाई १५ दिन भित्र दर्ता र नविकरण गर्न समय दिएको छ । अटो रिक्सा व्यवस्थापन समितिको बैठकले अव्यवस्थितरुपले अटो तथा विद्युतिय रिक्साहरु सञ्चालनमा रहेको निष्कर्ष निकाल्दै १५ दिन भित्र नगरमा नयाँलाई दर्ता र पुरानालाई नविकरण गर्न समय दिएको हो ।
दर्ता भएका अटोहरुको नविकरण न्यून रहेको भन्दै नविकरण गर्न र नयाँलाई अनिवार्यरुपमा पहिले प्रालीमा आबद्ध भई सिफारिस पत्र लिएर दर्ता प्रकृयामा आउन १५ दिनको समय दिने निर्णय भएको राजश्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिनुभयो ।
समितिका संयोजक एवं नगर उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतमा जनप्रतिनिधी, ट्राफिक प्रहरी र अटो प्रालीका प्रतिनिधी सहितको बैठकले नगर क्षेत्रमा आबस्यकता भन्दा बढी अटोहरु भित्रिएको निश्कर्ष निकाल्दै रुट परमिट रोक्न यातायात व्यवस्था कार्यालय तुलसीपुरलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
साथै उपमहानगरले ३ दिन भित्र अटो तथा बिद्युतिय रिक्साहरुका प्रालीहरुलाई अटो सञ्चालकहरुको बिबरण पेश गर्न समेत आग्रह गरेको छ । यसैगरि नगरले तोकेका पार्किङ स्थलमा मात्रै अटोहरु रोक्न सचेत गराएको छ । अटेरी गरे पहिलो चरणमा सचेत पार्ने, दोस्रो पटक अटेरी गरे एक सय रुपैयाँ जरिवाना गर्ने र अपुग पार्किङ स्थलको खोजी गर्ने निर्णय भएको छ ।
सगरमाथा सिमेन्ट उद्योगको प्रदुषणविरूद्ध मुद्दा घोराही,६ चैत्र स्थानीय र कानुन व्यवसायीसहित २१ जना मिलेर घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो,धुँवा र ध्वनीले मानिसको जीवनयापनमा नकारात्मक प्रभाव पारेको भन्दै २१ जनाले संयुक्त रूपमा परमादेश माग गर्दै सिमेन्ट उद्योग विरूद्ध मुद्धा दायर गरेका हुन् ।
रिट दायर गर्नेमा घोराही उपमहानगरपालिका ३ र ४ का स्थानीयहरु भरत देवकोटा, वसन्तकुमार घिमिरे, दिलबहादुर घर्ती, शरद घिमिरे, जानका घर्ती, माधव सुवेदी, तारा आचार्य, महिला अधिकारकर्मी हुमा डिसी, साजिदा सिद्धिकी, अधिकारकर्मी विनोद केसी, अधिवक्ता कुमार श्रेष्ठ, अधिवक्ता मौसम आचार्य हुनुहुन्छ ।
त्यस्तै कानुन व्यवसायीमा बाँकेका अधिवक्ता सुरेशकुमार गौतम, सुनिल श्रेष्ठ, बलबहादुर चन्द, लोकबहादुर शाह, विश्वजित तिवारी, जिवराज आचार्य, वशन्त गौतम, मुकुन्द रानालगायतले सिमेन्ट उद्योग विरूद्ध परमादेश मागसहित मुद्दा दायर गरेका हुन् ।
रिटमा मानव बस्ति बीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरहरूमा सिमेन्टका धुलो मात्रै जम्मा हुने गरेको, ध्वनी प्रदुषणले रातमा पनि सुत्न नसकिएको भन्दै सम्मानपूर्वक बाँच्न पाउनुपर्ने माग दाबी गरेका छन् । सगरमाथा सिमेन्ट उद्योगले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।
