
Gisld
Sds
Mbdvs
mbd
Rbs
Pbu

Bbbpu
Ssm
Sls
Rgs
Rgu
Pvg
Ksm
Tsm
Sbs
Gst
Rsb
Vor
Ggd
Hal
Wsp
Rgu
nsb
Bbu
Asm

bbt
Pls
Abd
Syp
Mks
sab
Rmb
Jmb
Gsb
Ptm
Jmb
Rpp
Bml
सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईका अनुसार, पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको थियो।
दुर्घटना कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ भएको हो। वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए, जसमा १४ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरेर सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आठ जनालाई नर्सिङ होममा, दुई जनालाई न्युरो अस्पतालमा र बाँकीलाई बाँकेमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
घाइतेहरूमध्ये सोही स्थानका अम्मरसिंह कँवर , डम्मर घर्ती , जनक थापा, भुपेन्द्र कँवर, भुलबहादुर थापा , जुगसिहं पुन , चालक कुलबहादुर राना , अम्मर पुन ,नरसिङ थापा , प्रेमबहादुर घर्ती ,नरबहादुर थापा , कर्ण बहादुर थापा, लाल ब. घर्ती र तिलक थापा रहेको प्रहरीले जनाएको छ।
