
Sds
Gisld
mbd
Mbdvs
Rbs
Pbu

Tsm
nsb
Rgu
Ggd
Bbu
Gst
Rsb
Wsp
Ssm
Rgu
Hal
Pvg
Rgs
Bbbpu
Sbs
Sls
Vor
Asm
Ksm

Abd
Bml
Mks
Syp
Ptm
Gsb
bbt
Jmb
Rmb
sab
Rpp
Jmb
Pls
पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका–४ मा स्थानीयवासीहरूले सामूहिक लगानीमा जैविक मल उद्योग सञ्चालनमा ल्याएका छन्। खोलाखेतका बासिन्दाले करिब १५ लाख रुपैयाँको लगानीमा उद्योग स्थापना गरेका हुन्।
उद्योग सञ्चालनका लागि गाउँ नजिकैको जंगल क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरिएको मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिए। उनका अनुसार उत्पादन गरिएको जैविक कम्पोष्ट मलमा नाइट्रोजन, फस्फोरस, कार्बोन, पोटासियमलगायत बिरुवाको वृद्धिका लागि आवश्यक सबै पोषक तत्व पर्याप्त मात्रामा पाइन्छ।
हामीले मलको ल्याब परीक्षण गरी उत्पादनको स्वीकृति पाएका छौँ। परीक्षण उत्पादनपछि अब व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा छौँ, अध्यक्ष जिसीले बताए।
उद्योग सञ्चालनसँगै मुस्ताङबाट करिब ३० टन मलको माग आएको पनि उनले जानकारी दिए। मलको प्रतिकिलो मूल्य ४० रुपैयाँ निर्धारण गरिएको छ। विशेषगरी स्याउ र सुन्तला खेतीका लागि कम्पोष्ट मल अत्यन्त उपयोगी हुने बताइएको छ।
जैविक खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले उत्पादन गरिएको यो मल शतप्रतिशत प्राकृतिक रहेको उत्पादकहरूले बताएका छन्। स्थानीय नरबहादुर कार्कीका अनुसार कृषि उत्पादन वृद्धि, माटोको उर्वराशक्ति सुधार तथा वातावरणमैत्री खेती प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित बायो कम्पोष्ट मल उत्पादन सुरु गरिएको हो।
यो मल घाँस, पात, गोबर तथा विभिन्न कृषि अवशेषजस्ता जैविक पदार्थबाट तयार पारिएको हो, जसले दीगो कृषि प्रणालीलाई टेवा पुर्याउने विश्वास गरिएको छ।
