
Rbs
Gisld
Mbdvs
mbd
Sds
Pbu

Bbbpu
Rgu
Tsm
Sbs
Asm
Ksm
Rgs
nsb
Rgu
Rsb
Pvg
Vor
Ssm
Bbu
Wsp
Ggd
Hal
Gst
Sls

Syp
sab
Rpp
Jmb
Jmb
Bml
Ptm
Mks
Rmb
Gsb
Pls
bbt
Abd
काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा तीव्र वृद्धि भएको भन्दै सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा महासंघले अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन कठिन बन्दै गएको उल्लेख गर्दै मूल्य वृद्धि अपरिहार्य बनेको जनाएको हो।
महासंघका अनुसार बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारको क्यापजस्ता कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै पेट्रोलियम पदार्थ विशेषगरी डिजेलको मूल्यवृद्धिका कारण ढुवानी खर्च पनि बढेको छ।
अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई पनि मूल्यवृद्धिको प्रमुख कारणका रूपमा औंल्याइएको छ। विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वले विश्व बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा असर पार्दा कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष प्रभाव परेको महासंघको भनाइ छ।
हाल नेपालमा ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी छ। यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले लागत वृद्धि सहन नसक्ने अवस्थामा उद्योग पुगेको बताए।
विज्ञप्तिमा भनिएको छ, यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो। हाल कायम मूल्यमा पानी बिक्री गरेर उद्योग सञ्चालन सम्भव छैन।
महासंघले सदस्य उद्योगहरूलाई लागत वृद्धिको अनुपातमा मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गरेको छ। साथै सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कूटनीतिक पहलमार्फत कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रण गर्न आग्रह गरेको छ।
उपभोक्ता, वितरक र सरोकारवालालाई उद्योगको संरक्षण, रोजगारीको रक्षा र सेवाको निरन्तरताका लागि मूल्य समायोजनमा सहयोग गर्न महासंघले अपिल गरेको छ।
