
mbd
Gisld
Rbs
Mbdvs
Sds
Pbu

Tsm
Hal
Bbbpu
Vor
Ksm
Rgs
Ssm
Rsb
Gst
Wsp
Bbu
Sls
Asm
Rgu
Ggd
nsb
Rgu
Pvg
Sbs

Jmb
Pls
bbt
Ptm
sab
Rmb
Bml
Mks
Gsb
Syp
Abd
Jmb
Rpp
दाङ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ ।
प्रदेश खेलकुद परिषद लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परिषदका सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान,व्यवस्थापन,आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको जानकारी दिए ।
प्रतियोगितामा प्रत्येक जिल्लाबाट महिला र पुरुष टिम सहभागी हुनेछन् । प्रत्येक टिममा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियम अनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचर्याले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताका विजेताले नगद १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टिमले ६५ हजार,तृतीयले ३५ हजार र सान्त्वनाले १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार नगदसहित पुरस्कार प्रदान गरिनेछ ।
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिताले प्रदेश स्तरमा भलिबल खेलको विकास र खेलाडीको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । गत बर्ष पुरुष तर्फ गुल्मी र महिला तर्फ पाल्पा प्रथम भएका थिए । यसपाली पुरुष र महिलाको प्रतियोगिता एकैसाथ हुन थालेको हो । अघिल्लो बर्ष पुरुषको अर्घाखाँची सन्धिखर्कमा र महिलाको दाङको घोराहीमा भएको थियो ।
