
Sgr
Rmb
Gis
Djs
Lnp
Gfs
Ggp
Pbu
Unsku
Rgp1
Rgp
Sds
Pes
Rgp
sbs
Cps
cjs
pku
Srbpu

Ggd
Pvg
Sls
Rsb
Ssm
Rgs
Rgu
Sbs
Hal
Tsm
Ksm
Asm
Bbbpu
Vor
Wsp
Bbu
Gst
nsb
Rgu

Gsb
bbt
Ptm
Mks
Syp
Bml
Abd
Rmb
Jmb
Rpp
Pls
Jmb
sab
दाङ । लमहीमा ‘मेयर कप’ खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले लमही नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटबल र ब्याडमिन्टनका खेलहरु एकैसाथ सञ्चालनमा आएका छन् ।
प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गरे । क्रिकेट, फुटवल र ब्याडमिन्टन प्रतियोगिता एकैसाथ सुरु भएका हुन् ।‘खेलले अनुशासित र मैत्रिपूर्ण वातावरण निर्माण हुन्छ । समाजलाई गतिशिल बनाउछ’नगर प्रमुख चौधरीले भने ,‘राम्रो समाज बनाउन खेलकुदले पनि भूमिका खेल्दछ । राम्रो सोंचको विकास गर्न पनि यो महत्वपूर्ण छ ।’ नगर प्रमुख चौधरीले युवापुस्ताको मागलाई ध्यानमा राख्दै ‘मेयर कप’लाई निरन्तरता दिइएको स्पष्ट पारे ।
नगर उपप्रमुख लक्ष्मी योगीले खेलकुदले मानिसलाई स्वस्थ,अनुशासित र सक्रिय बनाउने बताउँदै क्रिकेट मैदानको व्यवस्थापनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी,वडा नम्बर ५ का अध्यक्ष ओमप्रसाद सुवेदी,लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्साल,नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगर, दाङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती मगर लगायतको उपस्थिति रहेको थियो ।
देउखुरी क्रिकेट क्लबका अध्यक्ष प्रकाशकुमार जिसीको अध्यक्षता तथा नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव प्रेम पुलामीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन प्रकाश सुवेदीले गरेका थिए ।
ब्याडमिन्टन प्रतियोगितामा २२, फुटबल प्रतियोगितामा १२ र क्रिकेट प्रतियोगितामा ८ वटा क्लवहरुबीच प्रतिस्पर्धा भइरहेको छ ।
सूर्योदय युवा क्लव लमही नगरपालिका–३ को आयोजनामा लमहीको रातो डाँडास्थित कभर्डहलमा व्याडमिन्टन,देउखुरी क्रिकेट युवा क्लवको आयोजनामा देउखुरी अंतराष्ट्रीय क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता र न्यू डाँफे युवा क्लव लमही नगरपालिका–४ को आयोजनामा लमही नगरपालिका ६ को सिसौ बगरमा फुटवल प्रतियोगिता चलिरहेका छन् ।
फुटवल प्रतियोगिताको सुरुवाती खेलमा लमही नगरपालिकाका कर्मचारी र नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरुबीच प्रतिस्पर्धा भएको थियो । खेलको उद्घाटन नगर प्रमुख जोगराज चौधरीले गरेका हुन् । सो क्रममा उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का मनोज कुमार चौधरी, ६ का श्याम नारायण चौधरी, ८ का उमेश कुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।
