
Ksm
Pbu
mbd
Gisld
Gmk
Rbs
gst
Sds
Anm
Mbdvs

Wsp
nsb
Rgu
Bbu
Tsm
Ssm
Pvg
Ggd
Vor
Bbbpu
Sls
Sbs
Rsb
Ksm
Gst
Rgu
Rgs
Asm
Hal

bbt
sab
Mks
Ptm
Abd
Syp
Jmb
Gsb
Rmb
Rpp
Bml
Pls
Jmb
दाङ । “लमही नगर निर्माण,महाअभियान” अन्तर्गत जेनजीहरुको मागलाई मध्यनजर गर्दै लमही नगरपालिकामा यहीँ चैत १५ गतेदेखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
नगर कार्यपालिकाको मंगलबार आज बसेको बैठकले उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । नगर प्रमुख जोगराज चौधरीका अनुसार युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र सक्रिय समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता अन्तर्गत क्रिकेट,फुटबल र ब्याडमिन्टन गरी तीन विधाका खेल समावेश गरिएका छन् । प्रतियोगिताको लागि सूर्योदय युवा क्लब लमही ३,फल्कापुर,क्रिकेट प्रतियोगिता देउखुरी क्रिकेट क्लब लमही ५ र फुटबल प्रतियोगिता न्यु डाँफे युवा क्लब लमही ४, चैलाहीले पेश गरेका प्रस्तावहरु कार्यपालिकाले अनुमोदन गरेको हो ।
त्यस्तै तीनवटै खेलको उद्घाटन कार्यक्रम चैत १५ गते संयुक्त रुपमा गरिने लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशब लम्सालले जानकारी दिए । उनका अनुसार क्रिकेट प्रतियोगिता देउखुरी क्रिकेट अन्तर्राष्ट्रिय स्टेडियममा,ब्याडमिन्टन प्रतियोगिता देउखुरी ब्याडमिन्टन कभर्ड हलमा तथा फुटबल प्रतियोगिता लमही ६ स्थित सिसौ बगरमा सञ्चालन हुने छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरुको दर्ता निःशुल्क गरिएको छ । साथै, खेलाडीहरु लमही नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने हुनुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास,प्रतिभा पहिचान तथा युवामा सकारात्मक ऊर्जा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।
