
Gmk
Anm
Sds
gst
Rbs
mbd
Pbu
Mbdvs
Gisld
Ksm

Rgs
Ssm
Tsm
Gst
Bbbpu
Rgu
Sls
Sbs
Ggd
Pvg
Ksm
Rgu
Bbu
nsb
Asm
Rsb
Vor
Hal
Wsp

Rpp
Jmb
Gsb
Abd
Syp
Rmb
Pls
sab
Mks
bbt
Jmb
Bml
Ptm
दाङ । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद:शिक्षा, स्वास्थ्य,कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
मैत्रीपूर्ण पुरुष फुटबलतर्फ राप्ती गाउँपालिका र गढवा गाउँपालिका बीच भएको खेलमा गढवा गाउँपालिका विजयी भएको थियो भने लमही नगरपालिका र राजपुर गाउँपालिका बीच भएको खेलमा राजपुर गाउँपालिकाले जित हासिल गरेको थियो । फाइनल खेलमा गढवा गाउँपालिका र राजपुर गाउँपालिका बीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा राजपुर गाउँपालिका विजयी हुँदै प्रथम स्थान हासिल गर्न सफल भयो ।
त्यसैगरी अन्तरपालिका स्तरीय महिला फुटबलतर्फ गढवा गाउँपालिका र राजपुर गाउँपालिका बीच भएको खेलमा गढवा गाउँपालिका कर्मचारी टिम विजयी हुँदै प्रथम स्थान हासिल गर्न सफल भयो । वडागत पुरुष भलिबल प्रतियोगितातर्फ वडा नं. ४ प्रथम, वडा नं. ६ द्वितीय र वडा नं. ८ तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
महिला भलिबल प्रतियोगितातर्फ ८ अंकसहित वडा नं. ३ प्रथम, ६ अंकसहित वडा नं. ४ द्वितीय तथा ४ अंकसहित वडा नं. ६ तृतीय स्थान हासिल गर्न सफल भएका छन्। महिला भलिबलतर्फ उत्कृष्ट खेलाडीको उपाधि वडा नं. ३ की अञ्जना चौधरीले प्राप्त गरिन् भने पुरुषतर्फ उत्कृष्ट खेलाडी वडा नं. ४ का विकास चौधरी घोषित भएका छन् । त्यसैगरी पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेलमा वडा नं. ४ प्रथम, वडा नं. ५ द्वितीय र वडा नं. ६ तृतीय स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ५ का यदुनन्दन यादव ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भएका छन्।
पुरुष ब्याडमिन्टन प्रतियोगितातर्फ वडा नम्बर ६ प्रथम, गढवा गाउँपालिका कर्मचारी टिम द्वितीय, वडा नम्बर ७ तृतीय तथा इलाका प्रहरी कार्यालय गढवाले सान्त्वना स्थान हासिल गरेको छ। त्यस्तै पुरुष फुटबल प्रतियोगितातर्फ वडा नम्बर १ प्रथम, वडा नम्बर ६ द्वितीय र वडा नम्बर ५ तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताको समापन कार्यक्रममा रेफ्री, एम्पायर, गढवा स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय गढवा, सचिवालयका सदस्य तथा पत्रकारहरूलाई सम्मान, प्रशंसा पत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुदले युवाहरुलाई अनुशासित, स्वस्थ र सक्षम बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकाससँगै आपसी एकता र भाइचाराको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी गढवा गाउँपालिका स्तरीय खेलकुद सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी,आयोजक,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिकाको शिक्षा शाखाका हरि पोख्रेलले गरेका थिए ।

