
gst
Ksm
Gisld
Mbdvs
Anm
Pbu
mbd
Sds
Gmk
Rbs

Ksm
Sbs
Bbbpu
Pvg
Ssm
Rsb
Rgs
Sls
Asm
Hal
Vor
Rgu
Rgu
Tsm
Bbu
Ggd
Wsp
nsb
Gst

Syp
Pls
bbt
Gsb
Rmb
Mks
Rpp
Jmb
Jmb
sab
Bml
Ptm
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागुन २७ गतेदेखि तीनदिने गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथि ईन्द्रजित थारुले खेलकुदले युवालाई अनुशासन, स्वास्थ्य र आपसी सद्भाव सिकाउने बताउँदै यस्ता प्रतियोगिताले गाउँस्तरमा खेलकुदको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उनले स्थानीय तहले युवालाई खेलकुदतर्फ आकर्षित गर्न निरन्तर पहल गर्नुपर्ने पनि बताए। कार्यक्रमका अध्यक्ष तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउँदै यसले गाउँपालिकाभित्रका युवाबीच प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले खेलकुदको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग र प्रोत्साहन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे। विशिष्ट अतिथि गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले खेलकुदले युवामा सकारात्मक ऊर्जा र अनुशासन विकास गर्ने बताउँदै यस्ता कार्यक्रमले सामाजिक एकता र भाइचाराको भावना मजबुत बनाउने बताए।
त्यसैगरी राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादवले खेलकुदले स्थानीय तहहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने उल्लेख गर्दै युवालाई खेलकुदमा सक्रिय हुन आग्रह गरे। खेल संयोजक, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी हरि पोख्रेलले गरेका थिए ।
प्रतियोगिताको पहिलो चरणमा गढवा र राजपुर गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल सुरु गरिएको छ । स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । अन्तरपालिका स्तरीय खेलकुद महिला तर्फको खेलमा गढवा गाउँपालिका र राजपुर गाउँपालिका बिचको मैत्रिपूर्ण खेलमा गढवा गाउँपालिका २ गोल गरी जितेको छ । त्यसैगरी फुटबल खेल पुरुषतर्फ गढवा गाउँपालिका र राप्ती गाउँपालिका बिचको मैत्रिपूर्ण खेलमा गढवा गाउँपालिका ३ गोल र राप्ती गाउँपालिका १ गोल गरेको छ। ३-१ गोलले गढवा गाउँपालिका सहज जित हांसिल गरेको छ।
त्यसैगरी अन्तर पालिका स्तरीय फुटबल खेल प्रतियोगितामा लमही नगरपालिका र राजपुर गाउँपालिका बिचको फुटबल खेलमा दुबै टिमले १-१ गोल गरी बराबर गरेपछी पेनाल्टी सुटमा राजपुर गाउँपालिका जित हांसिल गरेको हो। त्यसैगरी गढवा क्रिकेट प्रतियोगिता तर्फ वडा अन्तर्गतमा वडा नम्बर १ र ५ बिचको खेलमा वडा नम्बर ५, ४४ रनले सहज जित हात पारेको छ। वडा नम्बर ५ ले १०२ रनको टार्गेट दिएको थियो जस्मा वडा नम्बर १ ले ५७ रनमा अल आउट भए संगै वडा नम्बर ५ ले सहज जित निकालेको छ। त्यसैगरी वडा नम्बर ६ र ७ विच भएको क्रिकेट खेलमा वडा नम्बर ६ ले सहज जित निकालेको छ।
यस्तै पहिले ब्याटिङ गरेको ६ नन् वडा ले १६६ रनको टार्गेट दिएको थियैओ जवाफी ब्याटिङमा वडा नम्बर ७ ले ४५ रनमा अल आउट भए पछी वडा नम्बर ६ ले १२० रनको फराकिलो अन्तरले खेल जितेको छ। त्यसैगरी भलिबल खेलमा वडा नम्बर ६ र ८ बिचको खेलमा वडा नम्बर ६ जित हासिल गरेको छ भने वडा नम्बर ३ र ४ विचको खेलमा वडा नम्बर ४ विजय भएको छ । त्यसैगरी वडा नम्बर ३ र ४ विच महिला तर्फको खेलमा वडा नम्बर ३ जित हासिल गरेको छ। चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता फागुन २९ गते सम्म जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा हुने छ ।
