
Mbdvs
Gisld
gst
Pbu
Ksm
Rbs
Gmk
mbd
Anm
Sds

Bbu
Pvg
Tsm
Rgs
Ssm
Asm
nsb
Bbbpu
Vor
Rgu
Sbs
Hal
Gst
Wsp
Ggd
Ksm
Sls
Rgu
Rsb

Ptm
sab
Pls
Jmb
Rpp
Syp
Gsb
Abd
Mks
bbt
Jmb
Bml
Rmb
दाङ । राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा देविकोट क्षेत्रमा खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता सम्बन्धी जानकारी दिन गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार कार्यक्रम राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल देविकोट क्षेत्रमा सञ्चालन गरिनेछ । दौड प्रतियोगिता फागुन २९ गतेका दिन बिहान ७ बजेबाट राप्ती-४ देखि देबिकोट भद्राक्षी मन्दिर परिषरसम्म ८ किलोमिटर रास्ट्रियब्यापी दौड प्रतियोगिता हुने भएको छ भने सो प्रतियोगीता लुम्बिनी प्रदेश मुखयमन्त्री चेतनानारायण आचार्यद्वारा उत्घाट्न हुने छ ।
त्यस्तै हिन्दू धार्मिक मान्यताअनुसार देविकोट क्षेत्र ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थान मानिन्छ । यस क्षेत्रलाई धार्मिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
गाउँपालिकाका अनुसार देविकोट क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित स्थापना दिवसको अवसरमा खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक सबै खेलाडी तथा सर्वसाधारणलाई गाउँपालिकाले सहभागिताका लागि आह्वान गरेको छ ।
