
Lnp
Rgp1
Sgr
Rgp
pku
Unsku
Pbu
Ggp
Srbpu

Pvg
Ggd
Gst
Wsp
Asm
Ssm
Tsm
Rgs
nsb
Rsb
Rgu
Hal
Vor
Sls
Ksm
Bbu
Sbs
Bbbpu
Rgu

Ptm
Rpp
sab
Jmb
Bml
Mks
Jmb
Gsb
bbt
Rmb
Abd
Syp
Pls
दाङ । तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
त्यस्तै मृत्यु हुनेमा लमही नगरपालिका–३ निवासी ४० वर्षीय कलेसु चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ल्वाडब्राबाट पराल बोकेर तुलसीपुर–१४ को ड्वाङपुरतर्फ जाँदै गरेको भे १ त ९७१३ नम्बरको ट्याक्टर आज बिहान करिब १२ बजे ड्वाङपुरमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
यस्तै दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक ३५ वर्षीय जुद्ध बहादुर चौधरी र ट्याक्टरमा सवार ६० वर्षीय कालु प्रसाद चौधरी घाइते भएका छन् ।
त्यस्तै उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । ट्याक्टरमा चार जना सवार रहेकोमा एक जना भने सकुशल रहेको बताइएको छ ।
