
Pbu
Sds
Mbdvs
Rbs
Gisld
mbd

Ggd
Ssm
Rgs
Rgu
nsb
Wsp
Hal
Bbu
Rgu
Rsb
Asm
Pvg
Sls
Vor
Gst
Bbbpu
Ksm
Sbs
Tsm

Gsb
Jmb
Abd
Bml
Pls
bbt
Rpp
Jmb
sab
Rmb
Syp
Mks
Ptm
दाङ । देउखुरीको गढवामा आयाम बहुउद्देश्यीय सहकारी संस्थाको ११ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सहकारी र पत्रकारबीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
खेलकुदमार्फत सहकार्य, आपसी सम्बन्ध सुदृढीकरण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा आयोजक सहकारी टोलीले रोमाञ्चक प्रतिस्पर्धापछि ३ विकेटले विजय हासिल गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पत्रकार टोलीले निर्धारित १० ओभरमा १०२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्यो । पत्रकार तर्फका कप्तान दुखहरण यादवले ३४ रन तथा हेमराज शर्माले आक्रामक ३६ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । प्रिया स्मृती गजमेर १३ र दशरथ घिमिरे १२ रन बनाउदै मध्यमक्रममा योगदान दिए पनि ठूलो साझेदारी हुन नसक्दा लक्ष्य सीमित रह्यो । १०३ रनको लक्ष्य पछ्याएको सहकारी टोलीले सुरुवातमै केही विकेट गुमाएर दबाब सामना गर्यो तर सहकारीका अध्यक्ष ओमप्रकाश बसेलले २२ बलमा ४२ रनको उत्कृष्ट इनिङ खेल्दै खेलको मोड आफ्ना पक्षमा फर्काए । उनलाई पंकज चौधरी १७, समीर खान १६ र श्याम शर्मा ६ जोड्दै साथ दिएका थिए । आयोजक टोलीले १३ औँ ओभरमै लक्ष्य भेट्टाउँदै रोमाञ्चक जित दर्ता गर्यो ।
त्यस्तै बलिङतर्फ पत्रकार टोलीका प्रिया स्मृती गजमेर र हेमराज शर्माले समान २–२ विकेट लिए भने दशरथ घिमिरे र दुखहरण यादवले १–१ विकेट हात पारे । उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका ओमप्रकाश बसेल ‘म्यान अफ द म्याच’ घोषित भए । खेलमा विशाल दुधराज र बिनोद खत्रीले अम्पायरिङ गर्दै प्रतियोगितालाई अनुशासित र व्यवस्थित बनाउन योगदान दिएका थिए ।
यस्तै प्रतियोगिता केवल खेलकुदमा सीमित नभई सहकारी संस्था र सञ्चारकर्मीबीच सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा समेत स्थापित भएको सहभागीहरूले बताएका छन् । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान,छात्रवृत्ति वितरण, जनचेतनामूलक अभियान तथा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । यस वर्षको मैत्रीपूर्ण क्रिकेटले सामाजिक एकता,सहकार्य र सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको आयोजकको भनाइ छ ।
