
Ksm
mbd
Sds
Gisld
Rbs
Mbdvs
Pbu
Anm
Gmk

Rgs
Sbs
Rgu
Gst
Asm
Hal
Bbbpu
Ggd
Rsb
Tsm
Pvg
nsb
Sls
Vor
Wsp
Bbu
Ksm
Ssm
Rgu

Syp
Pls
Jmb
Rpp
Mks
Gsb
Bml
sab
Jmb
bbt
Rmb
Abd
Ptm
काठमाडौँ । मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशक लगायत विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ ।
त्यस्तै विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । २०८२ वैशाख १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नवीन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहसहित ९ जनाविरुद्ध स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको भेटिएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
यस्तै आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव श्रेष्ठ, लेखा अधिकृत दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक साहविरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको थियो ।
त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा.श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह विरुद्ध पनि रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरेको थियो ।
माइक्रो बायोलोजिस्ट जितेन्द्रकुमार साह,अमरेन्द्र कुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दीपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र लेखा अधिकृत अमरदीप महतोविरुद्ध पनि समान रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको थियो । सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितविरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरिएको छ । रातोपाटी
