
mbd
Sds
Rbs
Gisld
Anm
Pbu
Gmk
Mbdvs
Ksm

Vor
Rgu
Ggd
Gst
Asm
Hal
Ssm
Bbbpu
Sls
Pvg
Rgu
nsb
Rsb
Tsm
Sbs
Bbu
Rgs
Wsp
Ksm

Gsb
Rmb
Bml
Jmb
Pls
bbt
Abd
Rpp
Ptm
Jmb
Syp
sab
Mks
दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि. दाङको ११औँ वार्षिकोत्सवको अवसरमा फागुन १३ गते पत्रकार र सहकारी संस्थाबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
संस्थाको शनिबार सम्पन्न बैठकले बिहान ८:३० बजेदेखि जनता माध्यमिक विद्यालयको खेल मैदानमा क्रिकेट प्रतियोगिता तथा दिउँसो २ बजे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निर्णय गरेको संस्थाका ओम प्रकाश बसेलले दिएका हुन् ।
यसअघि पनि संस्थाले वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम, वृद्धाश्रम तथा स्वास्थ्य चौकीका बिरामीलाई फलफूल वितरण, गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण तथा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ।
यस वर्ष भने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै पत्रकार र सहकारी संस्थाबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता र अन्तरक्रिया कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक वसन्त चौधरीले जानकारी दिए । “हामी हरेक वर्ष फरक–फरक कार्यक्रममार्फत वार्षिकोत्सव मनाउँदै आएका छौँ । यस वर्ष पत्रकारहरुसँग मैत्रीपूर्ण खेल र अन्तरक्रिया कार्यक्रम गरी मनाउने निर्णय गरिएको हो,” संयोजक चौधरीले भने । कार्यक्रमलाई भव्य बनाउने तयारी भइरहेको उहाँको भनाइ छ ।
त्यस्तै संस्था दाङ जिल्लाभर कार्यक्षेत्र रहँदै गढवा बजार, कालाकाटे बजार र लमही बजारबाट सेवा दिँदै आइरहेको छ । एम्बुलेन्स सेवा, रेमिट्यान्स सेवा, बचत तथा ऋण कारोबार गर्दै आएको संस्थाले यस वर्षदेखि कागती खेती कार्यक्रम समेत सञ्चालन गरेको छ ।
