
cjs
Lnp
Rgp1
Djs
Srbpu
Ggp
Sgr
Pes
Unsku
Pbu
sbs
Gfs
Rgp
pku

Ssm
Sbs
Ksm
Vor
Ggd
Rgs
nsb
Asm
Gst
Rgu
Tsm
Rgu
Sls
Pvg
Bbbpu
Wsp
Bbu
Rsb
Hal

Ptm
Rpp
Mks
Jmb
bbt
Bml
Jmb
Rmb
Gsb
Syp
sab
Pls
Abd
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले गढवामा निशुल्क बाल स्वास्थ्य शिबिरकाे आयाेजना गरेको छ । शिबिरमा गढवा गाउँपालिकाबाट बिभिन्न वडाका ५ सय ९० जना बालबालिकाले स्वास्थ्य जाचँ गराएका थिए।
गढवा–५, धर्मपुर निवासी सुनिता चौधरी आफ्नो २ वर्षिया सोनम चौधरीलाई चार दिन देखि ज्वरो आएपछि उनी बाल स्वास्थ्य शिबिरमा आएकि थिईन । “बाल स्वास्थ्य शिबिर संचालन हुदै छ भन्ने आमा समुहको बैठकमा थाहा पाएको थिए । छोरालाई धेरै ठाउँमा देखाएको निको भएको छैन । डाक्टरले औषधि लेखिदिनु भएको छ, अब निको हुन्छ कि ।” उनले भनिन् ।
सुनिता जस्तै गढवा–७, लक्षणपुर निवासी गिता पुन मगर पनि आफ्ना ३ भाई छोरा लिएर आएकि थिईन । मजदुरी गरेर परिवार पालिरहेकि उनको एघार, नौ र सात वर्षिय मदन, सुवास र संदिपको समस्या एउटै थियो । घाटिको छेउमा सुनिन्छ । औषधि खाए पछि केहि निको भए जस्तो त हुन्छ तर पछि फेरि त्यहि समस्या दोहोरिएकाे बताउदै श्रीमान इटा भट्टामा काम गर्न गएको र आर्थिक समस्याले गर्दा टाढा उपचार गर्न जान नसकिएको दुखेसो उनले पोखिन् ।
बाल स्वाथ्य शिबिरमा सहभागि डा. रेगम सिं थापाले छालाका रोगहरु लुतो, शरिर चिलाउने र टाउको पेट दुख्ने बिरामीहरु धेरै आएको बताउदै ब्यक्तिगत सरसफाईमा ध्यान नदिदा त्यस्ता खालका समस्याहरु देखिने बताए । त्यस्तै डा. भरत पोख्रेलले आफु पहिलो वर्ष देखि नै यस बाल स्वास्थ्य शिबिरमा आबद्ध भएको र पहिलो वर्ष भन्दा यस वर्ष संक्रमण खालका रोगहरुका बिरामी बालबालिका कम आएको बताउदै बालबालिकाहरुले काेभिड–१९ का कारण सरसफाईमा ध्यान दिएकाले सो संख्या कमि भएको हुन सक्ने जानकारी दिए । डाक्टरहरुले शिबिरमा जाचँका लागि आएका बालबालिकाका अभिभाबकहरुलाई औषधी भन्दा खानेकुरा र सरसफाईमा बढि ध्यान दिदा रोग कम हुने भन्दै सल्लाह पनि दिएका थिए ।
सीपी नेपालले बिगत तीन वर्ष देखि रिच आउट टु नेदरल्याण्डको आर्थिक सहयोगमा निशुल्क बाल स्वास्थ्य शिबिर संचालन गर्दै आईरहेको छ । गरिब तथा आर्थिक संकटका कारण स्वास्थ्य सेवाबाट बञ्चित बालबालिकाहरुका लागि यो शिबिर संचालन गरिएको सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताए । सो शिबिरबाट यस वर्ष ५ सय ९० जना बालबालिकाहरुले निशुल्क सेवा लिएको र २० वटा जटिल प्रकारका रोगहरु देखिएकाले उनिहरुलाई सरसल्लाह र उपचारमा सहयोग गरिने निर्देशक सापकोटाले जानकारी दिए ।
सो बालस्वास्थ्य शिबिरमा ५ जना डाक्टर सहित ११ जना स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरुको सहभागिता रहनुका साथै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादब, उपाध्यक्ष शान्ति चौधरी र प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगि, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीको उपस्थितिमा शिबिरको शुरुवात गरिएको थियो ।
