
cjs
Djs
Rgp
Sgr
Srbpu
Ggp
Lnp
pku
Unsku
Rgp1
Ses
Gfs
Pbu
Pes

Bbbpu
Vor
Sbs
Rsb
Gst
Pvg
Tsm
Rgu
Asm
Rgu
Wsp
Rgs
Ksm
Sls
Ssm
nsb
Bbu
Hal
Ggd

Bml
Jmb
Abd
Ptm
Rmb
Syp
Rpp
Gsb
bbt
Pls
Mks
sab
Jmb
दाङ । देउखुरी उद्योग बाणिज्य संघको नया कार्यसमिति चयनका लागि यही २५ गते निर्बाचन हुने भएको छ ।
बिहिवार लमहीमा पत्रकार सम्मेलन गर्दै निर्बाचन समितिले निर्बाचन कार्यक्रम सार्बजनिक गरेको हो । लमही नगरपालिका केन्द्रित देउखुरी उद्योग बाणिज्य संघको चुनावी माहोल अहिले तातिएको छ । निर्बाचन संयोजक लिलाराम खनालका अनुसार सहमतीमा नया कार्यसमितिको टुँगो लगाउने कसरत भईरहेको छ । तर, अझै भन्न सकिने अबस्था चाहिँ छैन, उम्मेद्वारी सहमतीमा नआए चुनाब निश्चित हो उहाँले भन्नु भयो । यो भन्दा अगाडि तामझाम सहित चुनाबबाटै कार्यसमिति टुँगो लगाएको बाणिज्य संघको अहिलेको चुनाबी माहोल भने केही फितलो छ । ब्यबसायी हरुपनि सहमतीमा जाने अनुमान गर्न सकिन्छ ।
निर्बाचन कार्यक्रम अनुसार यहि २१ गते १ बजे मतदाता नामावली प्रकाशन, सोही दिन १ देखि ४ बजेसम्म मतदाता नामावलीमा दावी र ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । त्यस्तै २२ गते ९ देखि १ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता, सोहीदिन ३ बजे उम्मेदवारीहरुको नामावली प्रकाशन र ३ देखि ५ बजेसम्म उम्मेदवारी माथी दाबी बिरोध गर्न सकिने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै २३ गते ११ बजे मनोनयन फिर्ता, १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोहिदिन १ बजेसम्म नमुना मतपत्र प्रदान र १ बजेदेखी २४ गते बेलुका सम्म प्रचार प्रसार गर्ने कार्यक्रम रहेको निर्बाचन संयोजक लिलाराम खनाल, सदस्यहरु प्रकाश कुमार जिसी र नवाफ अलि द्वारी हस्ताक्षेरित बिज्ञप्तीमा जनाईएको छ । चुनाब प्रचार प्रसार पश्चात् फागुन २५ गते बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म लमहीको सार्बजनिक बगैचामा मतदान हुने जनाईएको छ ।
एकहजार बढि मतदाता रहेको देउखुरी उद्योग बाणिज्य संघको कार्यसमितिमा एकजना अध्यक्ष, २ उपाध्यक्ष, १ कोषाध्यक्ष, १ महासचिब, १ सचिब, ५ जना खुल्ला सदस्य र २ जना महिला सदस्य गरि १३ जना रहने प्राबधान रहेको छ ।
