
mbd
Mbdvs
gst
Gisld
Rbs
Sds
Ksm
Anm
Pbu
Gmk

Rsb
nsb
Ksm
Rgu
Sbs
Ssm
Wsp
Bbbpu
Ggd
Sls
Hal
Rgs
Asm
Rgu
Tsm
Vor
Pvg
Gst
Bbu

Gsb
Pls
Rpp
Rmb
Ptm
bbt
Jmb
Bml
Jmb
Mks
sab
Syp
Abd
दाङ । जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुमले हात पारेको छ। नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा डल्फिन फिड कैलाली लाई २७(२५,२२(२५, १५(२५,२५(१९ र १५ (११ अर्थात ३(२ को सेटमा पाखा लगाउदै पश्चिम रुकुम ले उपाधी जितेको हो।
उल्लेख्य दर्शकले खचाखच भरिएको तुलसीपुर अरनिको खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्तमा उत्रेको पश्चिम रुकुमले उपाधी संगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा हार ब्यहोरेको डल्फिन फिड उपबिजेतामा सिमित रहदै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो। त्यस्तै प्रतियोगितामा पिवाईसी रुकुम तृतीय भयो भने हिरा डाँगी फाउन्डेसनले सान्त्वना स्थान हात पार्यो ।
दुबै टिममा रास्ट्रीय खेलाडीको वर्चस्व रहेकाले फाईनल खेल निक्कै कडा प्रतिस्पर्धा र रोमाञ्चक भएको थियो। प्रतियोगिता अबधिभर रेफ्री को भुमिकामा रास्ट्रीय रेफ्री हरिश ओलि, प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा,स्कोरर मा भलिबल सहायक प्रशिक्षक भिम बहादुर डाँगी र रितु चन्द,अर्जुन रोका रहेका थिए।
सबैका लागि खेलकुद खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्य लिएरआयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित प्रतियोगिताको समापन समारोह नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्दको अध्यक्षता तथा रास्ट्रीय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्य एवं नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष निरज मास्केको बिशिस्ट आतिथ्यमा भएको थियो।
सो अबसर प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट प्लेर खेलाडी पश्चिम रुकुमका विशाल बिक,राईजिङ प्लेयर पिवाईसी रुकुमका दिनेश बाठा,बेस्ट क्वीकर पश्चिम रुकुमका महेन्द्र चौधरी,बेस्ट डिफेन्डर डल्फिन कैलालिका राजन दर्लामी मगर,बेस्ट ब्लकर कैलाली कै हेमन्त मल्ल,बेस्ट स्पाईकर दुर्गा बहादुर सुनार बेस्ट कोच डल्फिन कैलाली का ज्ञानेन्द्र बिस्ट घोषित भए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण बिभागका निर्देशक अर्जुन बिक,क्षेत्रीय भलिबल संघका अध्यक्ष देबेन्द्र बैरागी लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन महासंघका केन्द्रीय महासचिव बिनोद चन्दले गर्नु भएको थियो ।
