प्रिया स्मृती गजमेर/लमही मंगलबार, पुष १५, २०८२

दाङ । देउखुरीको लमही नगरपालिका-६,देउपुरमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलको आठौं वार्षिक खेलकुद सप्ताहलाई सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

गोरखा ग्रुप दाङका अध्यक्ष विष्णुप्रसाद घर्तीमगरको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले मानव जीवनमा खेलकुद अत्यावश्यक रहेको बताएका छन् ।

त्यस्तै उनले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मात्र नभई आर्थिक समृद्धिको माध्यम समेत बन्न सक्ने धारणा व्यक्त गरे । नगर प्रमुख चौधरीले खेलकुदको माध्यमबाट प्रतिभावान खेलाडी उत्पादन गरी देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउँदै खेलकुद क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे । उनले विद्यालय तहबाटै खेलकुदको विकास र प्रोत्साहन गरिनु पर्नेमा जोड दिँदै लमही नगरपालिकाले खेलकुद प्रवर्द्धनका लागि आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

गत पुस ८ गते देखि सञ्चालन भएको विभिन्न विधाका खेलकुद अन्तरगत एथलेटिक्स, लमजम, हाइजम, त्रिपलजम, सटफूड, ज्यावलिङ थ्रु, भलिबल, फुटबल लगायतका खेलमा पुर्व प्राथमिक तथा प्राथमिक, आधारभूत र माध्यमिक तहमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता विद्यार्थी तथा अभिभावकहरूलाई प्रमाणपत्र, मेडल, फूलमाला र टीका लगाएर सम्मान गरिएको थियोे ।

त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक लोकमान रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका मावि विज्ञान तह संयोजक प्रकाश रिजाल र पूर्व प्रावि तह संयोजक शिला रिजालले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]