
Pbu
Rbs
Anm
Sds
gst
Mbdvs
Gisld
mbd
Gmk
Ksm

nsb
Pvg
Ssm
Rsb
Ksm
Sbs
Bbu
Sls
Tsm
Bbbpu
Hal
Vor
Asm
Rgu
Rgu
Gst
Rgs
Ggd
Wsp

Syp
Gsb
Abd
Ptm
Pls
sab
Jmb
Rmb
bbt
Bml
Mks
Jmb
Rpp
दाङ । देउखुरीको लमही नगरपालिका-६,देउपुरमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलको आठौं वार्षिक खेलकुद सप्ताहलाई सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
गोरखा ग्रुप दाङका अध्यक्ष विष्णुप्रसाद घर्तीमगरको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले मानव जीवनमा खेलकुद अत्यावश्यक रहेको बताएका छन् ।
त्यस्तै उनले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मात्र नभई आर्थिक समृद्धिको माध्यम समेत बन्न सक्ने धारणा व्यक्त गरे । नगर प्रमुख चौधरीले खेलकुदको माध्यमबाट प्रतिभावान खेलाडी उत्पादन गरी देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउँदै खेलकुद क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे । उनले विद्यालय तहबाटै खेलकुदको विकास र प्रोत्साहन गरिनु पर्नेमा जोड दिँदै लमही नगरपालिकाले खेलकुद प्रवर्द्धनका लागि आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
गत पुस ८ गते देखि सञ्चालन भएको विभिन्न विधाका खेलकुद अन्तरगत एथलेटिक्स, लमजम, हाइजम, त्रिपलजम, सटफूड, ज्यावलिङ थ्रु, भलिबल, फुटबल लगायतका खेलमा पुर्व प्राथमिक तथा प्राथमिक, आधारभूत र माध्यमिक तहमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता विद्यार्थी तथा अभिभावकहरूलाई प्रमाणपत्र, मेडल, फूलमाला र टीका लगाएर सम्मान गरिएको थियोे ।
त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक लोकमान रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका मावि विज्ञान तह संयोजक प्रकाश रिजाल र पूर्व प्रावि तह संयोजक शिला रिजालले गरेका थिए ।
