Sidha Patra सोमबार, पुष ०७, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ ।

आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदबाट ऊर्जा बण्ड जारी गर्न पाएको स्वीकृतअनुसार सो निर्णय गरेको हो ।

त्यस्तै असोज २३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो । प्राधिकरण स्रोतका अनुसार ठुला आयोजनाहरूमा लगानी गर्ने गरी प्राधिकरण बोर्डले २०अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषदले ऊर्जा बण्ड निष्कासनको स्वीकृतमा नै प्राधिकरणलाई उठाइने रकम पुँजीगत खर्चमा प्रयोग गर्नुपर्ने स्पष्ट सर्त तोकेको थियो । उक्त सर्तअनुसार कार्यान्वयन गर्ने गरी प्राधिकरण बोर्डले निर्णय गरेको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘आइतबार बोर्ड बैठकले निर्णय गरेको छ । तर कार्यान्वयनका लागि निर्णयमा हस्ताक्षर भएर आएको छैन ।’

त्यस्तै ऊर्जा बण्डमार्फत उठाइने २० अर्ब रुपैयाँमध्ये ८ अर्ब रुपैयाँ माथिल्लो अरुण जलविद्युत् आयोजना (१०६३ मेगावाट) मा, ५ अर्ब रुपैयाँ चैनपुर सेती जलविद्युत् आयोजना (२१० मेगावाट) मा, ५ अर्ब रुपैयाँ नै तामाकोसी पाँचौँ जलविद्युत् आयोजना (९४.८ मेगावाट) मा तथा २ अर्ब रुपैयाँ निर्माणाधीन माथिल्लो मोदी ‘ए’ (४२ मेगावाट) जलविद्युत् आयोजनामा खर्च गर्ने योजना रहेको स्रोतको दाबी छ ।

माथिल्लो अरुण जलविद्युत् आयोजना (१०६३ मेगावाट) आयोजना स्वदेशी लगानीमा बनाउने ऊर्जा मन्त्री कुलमान घिसिङले घोषणा गरिसकेका छन् । उक्त आयोजनाको लागि विश्व बैंकले विगत १५ वर्षदेखि लगानीको लागि आग्रह गर्दा पनि लगानी जुट्न सकेको छैन ।

त्यस्तै ऊर्जा बण्डको वार्षिक ब्याजदर ५.५ प्रतिशत रहनेछ । बण्ड निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्थाअनुसार कुल निष्कासन हुने रकमको ०.१२ प्रतिशत शुल्क तिर्नुपर्नेछ । प्राधिकरणले छिट्टै धितोपत्र बोर्डमा निवेदन दिएर निष्कासन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]